काठमाडौंः अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४२५ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ५३ हजार ४६५ जनामा कोरोना पुष्टि भएको छ।
वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८४ लाख ५२ हजार ७९१ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २५ हजार २०५ जनाको मृत्यु भएको छ।
त्यहाँ ५४ लाख ९५ हजार ६६८ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २७ लाख ३१ हजार ९१८ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार ३७५ गम्भीर बिरामी छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया