कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

गायक इन्द्रजित मिजारको ‘जुनमा हेरूँ तिमीलाई’ म्युजिक भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक इन्द्रजित मिजारको स्वरमा रहेको गीत ‘जुनमा हेरूँ तिमीलाई’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

शब्द भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ भने संगीत संगीतकार सुरेश अधिकारीको रहेको छ। यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका छन् । चलचित्र देउतामा समावेश ‘अब यो बाटो मेरो हो’  बोलको गीत पश्चात् २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा महानायक राजेश हमाल अभिनयले गरेका छन्।

नायक हमालको साथमा भिडियोमा आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन्। समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका छन् । विकाश दहालले भिडियो सम्पादन गरेका छन् । श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो। गीतकार लोहारको अफिसिएल च्यानल ‘गोलो प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक भएको हो।

पुरानो पुस्ता र नयाँ पुस्ताका लोकप्रिय कलाकारहरूका आवाजमा उत्कृष्ट गीतहरू सार्वजनिक गर्दै आएका गीतकार लोहारका यसअघि थुप्रै गीतहरू सार्वजनिक भैसकेका छन्। आगामी दिनहरूमा अझै स्तरीय गीत सङ्गीत प्रस्तुत गर्दै जाने उनले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
२०८३ कार्तिक १०, मंगलबार
चलचित्र निर्माणमा साढे ३ करोड अनुदान, २१ दिनको समयावधी सहित मन्त्रालयद्वारा आवेदन आह्वान
२०८३ कार्तिक १०, मंगलबार
हुम्लामा चार करोड खसीको व्यापार
२०८३ कार्तिक १०, मंगलबार
राष्ट्रिय सभाको विपद अध्ययन विशेष समितिको बैठक बस्दै
२०८३ कार्तिक १०, मंगलबार
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
२०८३ कार्तिक १०, मंगलबार
पर्यटकको पर्खाइमा मण्डनदेउपुरको रमणीय पर्यटकीय गन्तव्य कोटथुम्का
२०८३ कार्तिक १०, मंगलबार
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
२०८३ कार्तिक १०, मंगलबार