काठमाडौंः गायक इन्द्रजित मिजारको स्वरमा रहेको गीत ‘जुनमा हेरूँ तिमीलाई’ म्युजिक भिडियो सार्वजनिक भएको छ।
शब्द भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ भने संगीत संगीतकार सुरेश अधिकारीको रहेको छ। यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका छन् । चलचित्र देउतामा समावेश ‘अब यो बाटो मेरो हो’ बोलको गीत पश्चात् २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा महानायक राजेश हमाल अभिनयले गरेका छन्।
नायक हमालको साथमा भिडियोमा आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन्। समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका छन् । विकाश दहालले भिडियो सम्पादन गरेका छन् । श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो। गीतकार लोहारको अफिसिएल च्यानल ‘गोलो प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक भएको हो।
पुरानो पुस्ता र नयाँ पुस्ताका लोकप्रिय कलाकारहरूका आवाजमा उत्कृष्ट गीतहरू सार्वजनिक गर्दै आएका गीतकार लोहारका यसअघि थुप्रै गीतहरू सार्वजनिक भैसकेका छन्। आगामी दिनहरूमा अझै स्तरीय गीत सङ्गीत प्रस्तुत गर्दै जाने उनले बताएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया