असार २४, २०८२ मंगलबार July 8, 2025

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १७ हजार ३ सय नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतमा कोरोना भाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रवार बिहानसम्म ७७ लाख ६१ हजार पुगेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा ५४ हजार ३६६ जना नयाँ संक्रमित थपिएका र ६९० जनाको संक्रमणका कारण मृत्यु भएको बताएको छ ।  मन्त्रालयका अनुसार भारतमा अझै पनि ६ लाख ९५ हजार व्यक्तिमा सक्रिय संक्रमित अवस्थामा छन् भने ६९ लाख ४८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतमा शुक्रवारसम्म १ लाख १७ हजार ३०६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा १ लाख ५९ हजार व्यक्तिमा सक्रिय संक्रमित अवस्थामा रहेका छन् । यहाँ कोरोना भाइरस संक्रमित व्यक्तिमध्ये ४२ हजार ६३३ जनाको मृत्यु भइसकेको छ ।

अर्को सबैभन्दा प्रभावित कर्नाटक राज्यमा १ लाख व्यक्तिमा कोरोनाको संक्रमण रहेको छ भने ६ लाख ७१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । यहाँ १० हजार ६९६ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

केरला राज्यमा अझै पनि ९३ हजार ५२७ जना व्यक्तिमा कोरोना संक्रमण रहेको छ । करीब २ लाख ६८ हजार व्यक्ति संक्रमणमुक्त भइसकेको केरलामा १ हजार २३२ जनाको ज्यान गएको थियो । पश्चिम बंगाल राज्यमा ३५ हजार, तमिलनाडूमा ३५ हजार र नयाँदिल्लीमा २४ हजार व्यक्तिमा कोरोना भाइरसका सक्रिय संक्रमित व्यक्ति रहेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर कोरोना भाइरसका करीब १० करोड नमूना परीक्षण गरेको बताएको छ ।  रासस/ एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार