काठमाण्डौंः विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या ४ करोड ३७ लाख ६९ हजार ५९५ पुगेको छ।
पछिल्लो २४ घण्टामा चार लाख १० हजार ५११ जना संक्रमित थपिएका छन्। त्यसैगरी विश्वमा थप पाँच हजार १०१ जनाको कोभिड-१९ बाट मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
हालसम्म विश्वभर संक्रमणका कारण ११ लाख ६४ हजार २२७ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी तीन करोड २१ लाख ६२ हजार ८७ जना संक्रमणमुक्त भएका छन्।
विश्वमा अहिले एक करोड चार लाख ४३ हजार २८१ सक्रिय संक्रमित छन्। तीमध्ये ७८ हजार ८७७ जना गम्भीर बिरामी छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया