काठमाण्डौंः दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले बिहीवार घूस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाँय तोकेको छ ।
सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो । फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।
यो फैसलाले पूर्व राष्ट्रपति लीलाई पुनरावेदनको सुविधा दिएको छैन । यदि राष्ट्रपतिबाट सजाय माफ नभएमा उनले जेलमा नै मृत्युलाई पर्खनुको विकल्प हुने सम्भावना कम छ ।उनलाई जेलमा फिर्ता लान प्रहरी उनको सोलस्थित घरमा पुगेको थियो ।
योन्हाप समाचार एजेन्सीका अनुसार उनले स्वास्थ्यको कारण बताउँदै तत्काल पक्राउ नगर्न आग्रह गरेका थिए भने उनको उक्त अनुरोधलाई प्रहरीले सोमवार हिरासतमा लिनेगरी मानेको छ । अक्सर राजनीतिक प्रतिद्वन्द्वीहरूका उत्तराधिकारीहरूको अनुसन्धानको परिणामस्वरुप दक्षिण कोरियाका चारै जना पूर्व राष्ट्रपतिहरू या त जेलमा छन् वा जेल सजाय पाएका छन् ।
लीलाई पहिलो पटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाँय सुनाइएको थियो । तर उक्त मुद्दामा पुनरावेदन अदालतले उनलाई १७ वर्षका लागि सजाय तोकेको थियो । उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि नयाँ निर्णय नहुँदासम्मका लागि जमानतमा रिहा गरिएको थियो ।
अदालतले उनलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र ९ अर्ब ४० करोड वन बराबर घूस स्वीकार गरेको ठहर गर्दै १७ वर्षको जेल सजाय तोकेको हो ।लीलाई यसबाहेक अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि सम्लग्नता रहेको आरोप लागेको छ ।
स्मरण रहोस् लीका उत्तराधिकारी पार्क ग्युन हेले पनि शक्तिको दुरुपयोग गरेको र घूस स्वीकार गरेको अभियोगमा दोषी ठहर गर्दै २० वर्ष जेल सजाय तोकिएको छ र उनी जेल सजाय विताइरहेका छन् ।
पूर्व राष्ट्रपति तथा उदारवादी नेता रो मू–ह्युनमाथि पनि भ्रष्टाचार आरोप लागेपछि उनले आत्म हत्या गरेका थिए । रोले वर्तमान् राष्ट्रपति मून जाय–इनको राजनीतिक सल्लाहाकारका रूपमा काम गरको थिए । रासस/ एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया