कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

‘कस्ले चोर्यो मेरो मन-२’ बनाउदै छवि ओझा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ‘कसले चोर्यो मेरो मन’ फिल्मका निर्देशन गरेका निर्देशक सबिर श्रेष्ठले ‘कसले चोर्यो मेरो मन-२’ पनि निर्देशन गर्ने भएका छन् ।

फिल्मको निमार्ण भने पुरानै फिल्मका निर्माता छबि ओझाले गर्नेछन् । यो ‘कसले चोर्यो मेरो मन’ फिल्मको ‘सिक्वेल नेम’ बनाउन लागेको फिल्म निर्माण पक्षले जनाएको छ ।

१० वर्ष अगाडी निर्माण भएको फिल्म ‘कसले चोर्यो मेरो मन’ मा नेपाली चर्चित अभिनेत्री रेखा थापा र आर्यन सिग्देल मुख्य भुमिका थिए । तर फिल्मको दोस्रो भागमा भने रेखा थापा र आर्यन सिग्देललाई दर्शकले देख्न नपाउने प्रवल सम्भावना रहेको छ । नायिका रेखा थापा र फिल्म निर्माता छवि ओझा पुर्व पति पत्नी भएपनि हाल भने एक अर्काबाट टाढिसकेका छन् ।

कलाकार छनोट धेरै पहिले नै भएकोले फिल्मको काम लकडाउन अगाडी नै सुरु गर्ने तयारी भएको थियो, तर कोरोना महामारीको कारण काम बन्द भएको थियो । अब भने फिल्मको काम पुनः सुरु गर्ने सुरमा निर्माण पक्ष लागेको छ । फिल्मको नाम मात्रै सिक्वेल राखिएको तर कथा भने फरक रहेकोले पुराना कलाकार नदोहोरिने भएको निर्माण पक्षले जनाएको छ ।

यो फिल्म धेरै वर्ष अगाडी रेखा फिल्मसको ब्यानरमा निर्माता छवि ओझाले निर्माण गरेका थिए । यहि फिल्मको नामको वरीपरी रहेर रेखाले केही वर्ष अगाडी फिल्म बनाउने भनेपनि त्यसलाई रोकेर ‘रुद्रप्रिया’को निर्माण गरेकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
२०८३ कार्तिक १०, मंगलबार
चलचित्र निर्माणमा साढे ३ करोड अनुदान, २१ दिनको समयावधी सहित मन्त्रालयद्वारा आवेदन आह्वान
२०८३ कार्तिक १०, मंगलबार
हुम्लामा चार करोड खसीको व्यापार
२०८३ कार्तिक १०, मंगलबार
राष्ट्रिय सभाको विपद अध्ययन विशेष समितिको बैठक बस्दै
२०८३ कार्तिक १०, मंगलबार
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
२०८३ कार्तिक १०, मंगलबार
पर्यटकको पर्खाइमा मण्डनदेउपुरको रमणीय पर्यटकीय गन्तव्य कोटथुम्का
२०८३ कार्तिक १०, मंगलबार
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
२०८३ कार्तिक १०, मंगलबार