श्रावण १२, २०८३ मंगलबार July 28, 2026

‘कस्ले चोर्यो मेरो मन-२’ बनाउदै छवि ओझा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ‘कसले चोर्यो मेरो मन’ फिल्मका निर्देशन गरेका निर्देशक सबिर श्रेष्ठले ‘कसले चोर्यो मेरो मन-२’ पनि निर्देशन गर्ने भएका छन् ।

फिल्मको निमार्ण भने पुरानै फिल्मका निर्माता छबि ओझाले गर्नेछन् । यो ‘कसले चोर्यो मेरो मन’ फिल्मको ‘सिक्वेल नेम’ बनाउन लागेको फिल्म निर्माण पक्षले जनाएको छ ।

१० वर्ष अगाडी निर्माण भएको फिल्म ‘कसले चोर्यो मेरो मन’ मा नेपाली चर्चित अभिनेत्री रेखा थापा र आर्यन सिग्देल मुख्य भुमिका थिए । तर फिल्मको दोस्रो भागमा भने रेखा थापा र आर्यन सिग्देललाई दर्शकले देख्न नपाउने प्रवल सम्भावना रहेको छ । नायिका रेखा थापा र फिल्म निर्माता छवि ओझा पुर्व पति पत्नी भएपनि हाल भने एक अर्काबाट टाढिसकेका छन् ।

कलाकार छनोट धेरै पहिले नै भएकोले फिल्मको काम लकडाउन अगाडी नै सुरु गर्ने तयारी भएको थियो, तर कोरोना महामारीको कारण काम बन्द भएको थियो । अब भने फिल्मको काम पुनः सुरु गर्ने सुरमा निर्माण पक्ष लागेको छ । फिल्मको नाम मात्रै सिक्वेल राखिएको तर कथा भने फरक रहेकोले पुराना कलाकार नदोहोरिने भएको निर्माण पक्षले जनाएको छ ।

यो फिल्म धेरै वर्ष अगाडी रेखा फिल्मसको ब्यानरमा निर्माता छवि ओझाले निर्माण गरेका थिए । यहि फिल्मको नामको वरीपरी रहेर रेखाले केही वर्ष अगाडी फिल्म बनाउने भनेपनि त्यसलाई रोकेर ‘रुद्रप्रिया’को निर्माण गरेकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार