असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तानको विश्वविद्यालयमा गोली प्रहार हुँदा १९ जना मारिए, २२ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको काबुल विश्वविद्यालयमा एक समुहले गोली प्रहार गर्दा १९ जना मारिएका छन् भने अन्य २२ जना घाइते भएका छन् ।

सोमबार विश्वविद्यालयमा बुक फेयरको तयारी भइरहँदा ३ जना बन्दुकधारीले गोली चलाएको बताइएको छ । घटना लगत्तै सुरक्षाकर्मीले विश्वविद्यालयलाई घेरा हालेर बन्दुकधारीलाई लक्षित गर्दै गोली प्रहार गरेको थियो ।

यस क्रममा विश्वविद्यालयमा विद्यार्थीहरुको भागदौड मच्चिएको थियो । गृह मन्त्रालयले भने सुरक्षाकर्मीको कारवाहीमा आक्रमणकारीको मृत्यु भइसकेको जनाएको छ ।

उक्त हमलाको जिम्मेवारी कुनै पनि सशस्त्र समूहले लिएका छैनन् । अफगानिस्तानमा सक्रिय सशस्त्र समूह तालिबानले भने उक्त हमलामा आफू संलग्न नभएको भन्दै घटनाको निन्दा गरेको छ । अहिले घटनास्थलमा उच्च सतर्कता अपनाइनुका साथै बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । घाइतेहरुको भने काबुलस्थित अस्पतालमा उपचार भइरहेको छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार