असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिकी राष्ट्रपति निर्वाचनः ९ राज्यमा मतदान टुंगिदा, ट्रम्पभन्दा वाइडेन अगाडि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपतीय चुनावमा अमेरिकीहरुले मतदान गरिरहेका छन्। मंगलबार भएको मतदानमा पनि उत्साहप्रद सहभागिता देखिएको छ ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौति दिएका छन् । अहिलेसम्म जर्जा, इन्डियाना, केन्टकी, साउथ क्यारोलाइना, भर्मान्ट, भर्जिनिया लगायत ९ राज्यमा मतदान सकिएको छ।

यी राज्यमा क्रमशः १६, ११, ८, ९, ३ र १३ इलेक्ट्रोल कलेज भोट रहेका छन्। अमेरिकाको चुनावको नतिजालाई लिएर एक-ई साता कुर्नुपर्ने देखिन्छ।

सन् १९०४ देखि चलिआएको परम्परा विपरित यसपालि नतिजा बाहिर आउन समय लाग्ने छ। १९०४ देखि अमेरिकी चुनावको नतिजा भोलिपल्टै आउने चलन थियो। यो पटकको चुनावमा १० करोड भन्दा बढिले अग्रिम मतदान गरेका छन्।

कूल ५० मध्ये ९ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेदवार वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् । वाइडेन पक्षका ४४ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ३७ प्रतिनिधि चुनिएका छन् ।

चुनाव जित्नका लागि इलेक्टोरल कलेजको २७० मत निकै महत्वपूर्ण मानिन्छ। र, दुबै नेताबीच यसपालि कडा प्रतिस्पर्धा देखिन्छ। चुनावमा निकै महत्वपूर्ण मानिएको राज्यमा ट्रम्पले सबैभन्दा धेरै सभा गरेका छन्। वाइडेनको तुलनामा ट्रम्पको सभामा सर्वसाधारणको भिड पनि देखिएको छ।

चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ।

७४ वर्षका डोनाल्ड ट्रम्प पराजित भएमा दोस्रो कार्यकालका नजित्ने सन् १९९२ पछिका पहिलो राष्ट्रपति हुने छन्। त्यसबेला जर्ज एचडब्लु बुस एक कार्यकाल मात्रै निर्वाचित भएका थिए।

चुनावभन्दा एक दिनअघि राष्ट्रपति पदका दुई बलिया उम्मेदवार रिपब्लिकन पार्टीका ट्रम्प र डेमोक्र्याट पार्टीका वाइडेनबीचको प्रतिस्पर्धामा उनीहरूका समर्थक पनि तनावमा देखिएका थिए।

संसारको सबैभन्दा बलियो देशको नेतृत्वकर्ता छानिने विषयलाई यतिबेला विश्वभरिका मानि रुचीका साथ हेरिरहेका छन्। तर, दुई उम्मेदवारका समर्थक एक–अर्काविरूद्ध गाली गलौंचमा उत्रिएका छन्। केही ठाउँमा झगडा पनि परेको छ। बेवर्ली हिल्स जस्तो शान्त ठाउँमा समेत झगडा भएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार