वैशाख ६, २०८१ बिहिबार April 18, 2024

धरानको मेयरमा काँग्रेसले तिलक राई उठाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा काँग्रेसले तिलक राईलाई उठाउने लगभग पक्का भएको छ ।

धरान उपमहानगरपालिकाको रिक्त मेयर पदमा तिलक राईलाई उम्मेद्वार बनाउने काँग्रेसले निर्णय गरेको हो ।

असोज २४ गते बसेको उपमहानगरपालिकाको पूर्ण बैठकले काँग्रेसको तर्फबाट नगरसभापति समेत रहेका राईलाई मेयर पदमा उठाउने निर्णय गरेको हो ।

उनी यसअघि भएको स्थानिय निर्वाचनमा तत्कालिन नेकपा एमालेका मेयर तारा सुब्बासँग पराजित भएका थिए ।

मेयर तारा सुब्बाको काठमाण्डौ धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा गत साउन १ गते निधन भएको थियो । मेयर सुब्बाको निधन भएपछि उपमहानगरपालिकामा मेयर पद रिक्त रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया