मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

धरानको मेयरमा काँग्रेसले तिलक राई उठाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा काँग्रेसले तिलक राईलाई उठाउने लगभग पक्का भएको छ ।

धरान उपमहानगरपालिकाको रिक्त मेयर पदमा तिलक राईलाई उम्मेद्वार बनाउने काँग्रेसले निर्णय गरेको हो ।

असोज २४ गते बसेको उपमहानगरपालिकाको पूर्ण बैठकले काँग्रेसको तर्फबाट नगरसभापति समेत रहेका राईलाई मेयर पदमा उठाउने निर्णय गरेको हो ।

उनी यसअघि भएको स्थानिय निर्वाचनमा तत्कालिन नेकपा एमालेका मेयर तारा सुब्बासँग पराजित भएका थिए ।

मेयर तारा सुब्बाको काठमाण्डौ धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा गत साउन १ गते निधन भएको थियो । मेयर सुब्बाको निधन भएपछि उपमहानगरपालिकामा मेयर पद रिक्त रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार