माघ २३, २०७९ सोमबार February 6, 2023

राष्ट्रपति भण्डारीले दिइन सी जिनपिङको सम्मानमा रात्रीभोज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेकी छिन् ।

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीले संयुक्त चियर्स गरी रात्रीभोजमा सक्रिय सहभागिता जनाएका थिए । रात्रीभोज कार्यक्रम शुरू हुनु पूर्व दुवै देशका राष्ट्रपतिले सम्बोधन गरेका थिए ।

राष्ट्रपती सी को सम्मानमा दिईएको रात्रीभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश लगायत उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

रात्रिभोजमा सरिक हुनुअघि चिनियाँ राष्ट्रपति सी जिन पिङ र राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच शिष्टाचार भेट्वार्ता भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया