मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

इरान-अमेरिका तनाव चर्किंदै, नाकाबन्दी तोड्ने अर्को जहाजमाथि अमेरिकी हमला

सटीक हतियार प्रहारपछि जहाजको इन्जिन तथा सञ्चालन प्रणाली निष्क्रिय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन। इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरेको अर्को व्यापारिक जहाजलाई अमेरिकी सेनाले ओमानको खाडीमा निष्क्रिय बनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले शुक्रबार उक्त जानकारी दिएको हो ।

अमेरिकी सेनाका अनुसार बिहीबार सैन्य विमानबाट पलाउको झण्डा बोकेको ‘एमभी प्यासिफिक आर्चर’ जहाजको पछिल्लो भागमा सटीक हतियार प्रहार गरिएको थियो । प्रहारपछि जहाजको इन्जिन तथा सञ्चालन प्रणाली निष्क्रिय भएको र त्यसमा सवार सर्वसाधारण चालक दलका सदस्यहरू सुरक्षित रहेको जनाइएको छ ।

सेनाका अनुसार उक्त जहाज इरानको बन्दर अब्बास बन्दरगाहबाट निस्किएपछि अमेरिकी नाकाबन्दी उल्लंघन गर्दै अघि बढ्ने प्रयासमा थियो । जहाज ट्र्याकिङ वेबसाइटहरूले यसको गन्तव्य सिंगापुर रहेको देखाएका छन् ।

यसैबीच, इरानी नौसेनाका प्रमुख शाहराम इरानीले शुक्रबार सरकारी टेलिभिजनमार्फत अमेरिकी नाकाबन्दी तोड्ने र क्षेत्रीय जलक्षेत्रबाट शत्रुलाई हटाउने उद्देश्यले अभियान सञ्चालन गर्ने बताए ।

अमेरिकाले गत अप्रिलदेखि इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाउँदै आएको छ । तेहरानसँगको वार्ताका क्रममा गर्मीयाममा केही समय हटाइएको नाकाबन्दी जुलाईमा पुनः लागू गरिएको थियो ।

अमेरिकी सेनाका अनुसार नाकाबन्दी पुनः सुरु भएयता १५८ व्यापारिक जहाजलाई बाटो परिवर्तन गराइएको छ । प्यासिफिक आर्चर यस नाकाबन्दीअन्तर्गत निष्क्रिय बनाइएको कम्तीमा १५औँ जहाज हो । यसअघि नोभेम्बर ७ मा अर्को जहाजलाई निष्क्रिय बनाइएको थियो ।

यस घटनाले अमेरिका र इरानबीचको तनाव पुनः बढ्न सक्ने चिन्ता थपिएको छ । यसअघि जुनमा अमेरिकी सैन्य कारबाहीमा गिनी–बिसाउको झण्डा बोकेको एक ट्यांकरका तीन जना चालक दलका सदस्यको मृत्यु भएको थियो । (रासस/एपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्पेन नजिकै आप्रवासी चढेको डुङ्गामा १५ वटा शव फेला
२०८३ मंग्सिर १३, आइतबार
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
२०८३ मंग्सिर १३, आइतबार
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
२०८३ मंग्सिर १३, आइतबार
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
२०८३ मंग्सिर १३, आइतबार
आइजेनकोटलाई प्रधानमन्त्री बनाउन नेतान्याहु तयार
२०८३ मंग्सिर १३, आइतबार
Tarakeshwor Mayor Krishna Hari Maharjan to Make Rs. 12 Billion Budget and Expenditure Details Public
२०८३ मंग्सिर १३, आइतबार
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौं : सभापति लामिछाने
२०८३ मंग्सिर १३, आइतबार