काठमाण्डौंः दोस्रो कार्यकाल राष्ट्रपति बन्ने सपना चकनाचुर हुने देखिएपछि डोनाल्ड ट्रम्पले मतगणना स्थगित गर्न आग्रह गरेका छन् । बिहीबार साँझ एक ट्वीट गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
पछिल्लो मतगणना अनुसार बराक ओबामासहितका प्रतिष्ठित नेताहरुको बलियो साथ पाएका डेमोक्रेटिक पार्टीका जोन बाइडनले जित्ने करिब पक्का भएको छ।
उनी अहिलेसम्म २६४ इलेक्टोरल भोटसहित जित नजिक पुगिसकेका छन् । जबकि ट्रम्पले २१४ भोट मात्रै ल्याएका छन् । पछिल्लो समय ट्रम्प आफूले भर गरेका राज्यबाट पनि पराजय भोग्नुपरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया