असोज १७, २०८० बुधबार October 4, 2023

बडादशैंको अवशरमा सानेपामा काँग्रेसको चियापान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाली काँग्रेसले विजयादशमी, दीपावली, छठ र नेपाल सम्वतको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

आईतबार भएको चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सञ्चार माध्यम, नागरिक समाज र सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चियापान जस्ता कार्यक्रममा हुने शीर्ष राजनीतिक भेटघाटले मुलुकका ठूला समस्यालाई वार्ता, छलफल र सहमतिद्धारा समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना एवं चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेससँग लोकतन्त्रको लागि सँगै लडेको स्मरण गर्दै बिगत चार दशकदेखी सम्बन्ध राम्रो भएको बताएका थिए ।

यसैगरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा असम्भव भन्ने चिज नभएको भन्दै भविष्यमा राजनीतिले कोल्टे फेर्न सक्ने बताएका थिए ।

कार्यक्रममा सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा बरिष्टनेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल लगायतले शुभकामना सन्देश दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार