काठमाण्डौंः ईटालीमा दोस्रो लहरको संक्रमण बढेसंगै फेरि लकडाउन भएको छ । ईटालीका विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले शुक्रबारदेखि दुई हप्तासम्म लकडाउन गरिएको हो ।
ईटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ।
कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा कोरोनाले बढेको चाप कम गर्न लकडाउन गरिएको ईटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बताएका छन् । यसअघि इटालीमा पहिलोपटक गत मार्च महिना लकडाउन गरिएको थियो । लकडाउनको रेड जोन घोषणा गरिएका प्रदेशहरूबाट मानिसहरुलाई आउजाउ गर्न रोक लगाइएको छ ।
स्वास्थ्यसहितका अत्यावश्यक काममा भने सेल्फ प्रमाणीकरणको सर्टिफिकेटसहित बाहिर निस्कन दिइने जनाइएको छ । संक्रमणको संख्या अत्यधिक बढेसँगै इटालीका अस्पतालमा बिरामी राख्ने ठाँउको पनि अभाव हुन थालेको बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया