असार २४, २०८२ मंगलबार July 8, 2025

टर्कीको केन्द्रीय बैंकका प्रमुख युसाल भए बर्खास्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टर्कीमा केन्द्रीय बैंकका प्रमुखलाई बर्खास्त गरिएको छ । अमेरिकी डलरको तुलनामा स्थानीय मुद्रा लिराको भाउ अहिलेसम्मको न्यूनस्तरमा ओर्लिए लगत्तै सो कदम चालिएको हो । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोआनले शनिवार मुरात युसाललाई बर्खास्त गरेका छन् ।

सरकारी राजपत्रमा घोषणा गरिएको राष्ट्रपतीय आदेशअनुसार उनको स्थानमा पूर्व अर्थमन्त्री नासी अग्बाललाई बैंक प्रमुख बनाइएको छ । शुक्रवार अमेरिकी डलरको तुलनामा लिराको भाउ ८ लिरा ५८ कुरुसमा आएको थियो । वार्षिक मुद्रस्फीति पनि ११ दशमलव ८९ प्रतिशतमा रहेको छ ।

पूर्ववर्तीले अर्थतन्त्रलाई टेवा दिएर ब्याजदर कटौती गर्न असफल भएपछि सन् २०१९ को जुलाईमा युसल केन्द्रीय बैंकका अध्यक्ष मनोनित भएका थिए । उच्च ब्याजदरले मुद्रास्फीति नियन्त्रण गर्न सक्छ भन्ने अर्थशास्त्रको सिद्धान्तलाई खण्डन गर्दै एर्दोआनले ब्याजदर कटौती गर्न आग्रह गर्दै आएका थिए ।

गत सप्ताहन्तमा उनले ब्याज र विनिमय दर अनि मुद्रास्फीतिलाई शैतानको त्रिकोणको संज्ञा दिएका थिए । एग्बाल सन् २०१५ देखि सन् २०१८ को बीचमा अर्थमन्त्रीका रुपमा रहेका थिए । रासस/ एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार