जेठ १८, २०८० बिहिबार June 1, 2023

महरालाई थप तीन दिन हिरासतमा राख्न काठमाण्डौ जिल्ला अदालतबाट प्रहरीले पायो अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न काठमाण्डाैं जिल्ला अदालतले अनुमति दिएको छ ।

संसद सचिवालयकी कर्मचारीमाथी जबरजस्ती करणीको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख महरालाई न्यायाधीश दीपककुमार दाहालको एकल इजलासले प्रहरी हिरासतमा राखी  अनुसन्धान गर्न थप तीन दिन म्याद दिएको हो ।

अदालतको उक्त अनुमतीसँगै महरालाई आइतबार अदालतमा उपस्थित गराउने गरी प्रहरीले अनुसन्धान प्रकृयालाइ अझ केही दिन जारी राख्नेछ ।

अदालतले थप गरिएको म्याद शुक्रबार सकिएपनि शनिबार सार्वजनिक बिदा परेकाले महरालाई आइतबार मात्र अदालतमा पेश गरिने भएको छ ।

निवर्तमान सभामुख महरालाई प्रहरीले असोज १९ गते साँझ बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै नियन्त्रणमा लिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाथीभरा माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् आज जेठ १८ गतेको दैनिक राशिफल
२०८० जेठ १८, बिहिबार
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन
२०८० जेठ १८, बिहिबार
चितवन राष्ट्रिय निकुञ्जबाट हतियारसहित दुई जना प्रहरीकाे नियन्त्रणमा
२०८० जेठ १८, बिहिबार
राष्टपतिद्धारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त (सूचीसहित)
२०८० जेठ १८, बिहिबार
यस्ताे छ आजकाे बिदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १ सय ४१ नाघ्याे
२०८० जेठ १८, बिहिबार
राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण, राजपत्रमा प्रकाशित भएपछि लागू हुने
२०८० जेठ १८, बिहिबार
तपाईं चिया पिउनुहुन्छ ? यो १ गल्तीले पार्न सक्छ तपाईंलाई अप्ठ्यारो
२०८० जेठ १८, बिहिबार