काठमाण्डौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलिको अध्यक्षतामा बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सचिवालय सदस्यहरूको उपस्थिति रहेको थियो ।
सचिवालय बैठकमा चीनियाँ राष्ट्रपति सी जिनपिङले गरेको दुई दिने राजकीय भ्रमणको समीक्षा, पार्टी एकताका बाँकी कामको बारेमा छलफल भएको बताइएको छ ।
यसैगरी सभामुखको रिक्त पदको लागि नयाँ सभामुख चयन प्रक्रियाका बारेमा पनि बैठकमा छलफल भएको बालुवाटार स्रोतको दावी रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया