कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

बलिउड कलाकार अर्जुन रामपालको घरमा छापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले सोमबार बलिउड कलाकार अर्जुन रामपालको घरमा छापा मारेको छ। ड्रग्स केसमा उनको घरमा एनसीबीले छापा मारेको हो।

बलिउड नायक सुशान्त सिंह राजपूतको मृत्युपछि ड्रग्स केसमा बलिउडमा थुप्रै कलाकार तानिएका छन्। यसअघि एनसीबीले बलिउड नायिका दिपिका पादुकोण, सारा अली खान लगायतसँग बयान लिइसकेको छ।

पछिल्लो पटक सोमबार एनसीबीले ड्रग्स प्रयोग तथा कारोबारको आशंकामा अर्जुनको घरमा छापा मारेको हो। छापा मारेको सम्बन्धमा एनसीबीले भने औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।

यसअघि एनसीबीले बलिउड निर्माता फिरोज नाडियावालाको जुहू स्थित घरबाट गाँजा बरामद भएपछि उनको श्रीमतीलाई पक्राउ गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
२०८३ कार्तिक १०, मंगलबार
चलचित्र निर्माणमा साढे ३ करोड अनुदान, २१ दिनको समयावधी सहित मन्त्रालयद्वारा आवेदन आह्वान
२०८३ कार्तिक १०, मंगलबार
हुम्लामा चार करोड खसीको व्यापार
२०८३ कार्तिक १०, मंगलबार
राष्ट्रिय सभाको विपद अध्ययन विशेष समितिको बैठक बस्दै
२०८३ कार्तिक १०, मंगलबार
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
२०८३ कार्तिक १०, मंगलबार
पर्यटकको पर्खाइमा मण्डनदेउपुरको रमणीय पर्यटकीय गन्तव्य कोटथुम्का
२०८३ कार्तिक १०, मंगलबार
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
२०८३ कार्तिक १०, मंगलबार