काठमाण्डौंः भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले सोमबार बलिउड कलाकार अर्जुन रामपालको घरमा छापा मारेको छ। ड्रग्स केसमा उनको घरमा एनसीबीले छापा मारेको हो।
बलिउड नायक सुशान्त सिंह राजपूतको मृत्युपछि ड्रग्स केसमा बलिउडमा थुप्रै कलाकार तानिएका छन्। यसअघि एनसीबीले बलिउड नायिका दिपिका पादुकोण, सारा अली खान लगायतसँग बयान लिइसकेको छ।
पछिल्लो पटक सोमबार एनसीबीले ड्रग्स प्रयोग तथा कारोबारको आशंकामा अर्जुनको घरमा छापा मारेको हो। छापा मारेको सम्बन्धमा एनसीबीले भने औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।
यसअघि एनसीबीले बलिउड निर्माता फिरोज नाडियावालाको जुहू स्थित घरबाट गाँजा बरामद भएपछि उनको श्रीमतीलाई पक्राउ गरेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया