असोज ७, २०८३ बुधबार September 23, 2026

भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यस वर्षको भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ । बालगोपालेश्वर मन्दिर सर्वसाधारणलाई प्रवेश खुल्ला गरिने राट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशिल ज्ञवालीले जानकारी दिए ।

यसको व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग छलफल भएको सीईओ ज्ञवालीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरुले भाइटिका लगाउने परम्परा रहेको छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर हालै पुनर्निर्माण सम्पन्न भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया