असार २४, २०८२ मंगलबार July 8, 2025

एमाजनले यूरोपको प्रतिस्पर्धा विरोधी कानूनको उल्लंघन गरेको ईयूको निस्कर्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी बहुराष्ट्रिय अनलाइन खुद्रा कम्पनी एमाजनले यूरोपको प्रतिस्पर्धा विरोधी कानूनको उल्लंघन गरेको यूरोपेली आयोगले निस्कर्ष निकालेको छ ।

 आफ्नो लाभका लागि कम्पनीले स्वतन्त्र विक्रेताहरुको डेटाको प्रयोग गरेको बताइएको छ । यस मामिलामा कम्पनी विरुद्ध दोस्रो औपचारिक अनुसन्धानको पनि शुरु गरिएको छ ।

सन् २०१९ को जुलाईमा कम्पनीले प्रतिस्पर्धा विरोधी गतिविधि गरेको आशंकामा आयोगले छानबिन गरेको थियो । यस क्रममा कम्पनीले आफ्नो खुद्रा व्यवसायको लाभका लागि उसको अनलाइन मञ्चमा रहेका स्वतन्त्र विक्रेताहरुको व्यवसायिक डेटा प्रयोग गरेको पाइएको एक विज्ञप्तिमा आयोगले मंगलवार भनेको छ ।

 कम्पनीले तेस्रो पक्षका विक्रेताहरुको गतिविधि सम्बन्धी डेटा आफ्नो लागि प्रयोग गर्नु नहुने आयोग प्रमुख मागरिथ भेष्ट्यागरले विज्ञप्तिमा भनेकी छिन् । एमाजनले भने आयोगको भनाइको खण्डन गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार