बैसाख २६, २०८३ शनिबार May 9, 2026

एप्पलको नयाँ म्याकबुक सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एप्पलले आयोजना गरेको ‘वान मोर थिङ्ग’ ईभेन्टमा म्याकबुक एयर र म्याकबुक प्रो सार्वजनिक गरेको छ । यी दुई ओटा नयाँ ल्याप्टपमा एप्पलले बनाएको एम १ प्रोसेसर प्रयोग गरिएको छ । यी दुबै ल्याप्टप नोभेम्बर १७ देखि विक्रिको लागी उपलब्ध हुनेछन् ।

कम्पनीले सार्वजनिक गरेको म्याकबुक एयरमा ८ कोर सीपीयू छ जसले अरु जेनेरेसनको म्याकबुक भन्दा ३.५ गुणा राम्रो काम गर्ने गर्ने जनाइएको छ ।

यसको सुरुवाती मूल्य ९९९ अमेरिकी डलर रहेको छ । म्याकबुक एयर २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । यसले १५ घण्टा वायरलेस वेब ब्राउजिङ् र १८ घण्टा भिडियो प्लेब्याक ब्याट्री ब्याकअप दिने कम्पनीले बताएको छ ।

म्याकबुक प्रोमा १३ इन्चको रेटिना डिस्प्ले रहेको छ । यसले १७ घण्टाको वायरलेस वेब ब्राउजिङ् र २० घण्टा भिडियो प्लेब्याक ब्याट्री ब्याकअप दिने कम्पनीले बताएको छ ।

यसमा स्टुडियो क्वालिटीको रेकर्डिङ्ग माइक पनि रहेको छ । म्याकबुक प्रोमा टच आईडी र वाईफाई सिक्सको समेत सुविधा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
२०८३ बैसाख २६, शनिबार