असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिकामा १० दिनमै थपिए ११ लाख २९ हजार कोरोना संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकामा बुधबार एकै दिन १ लाख ३६ हजार कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्म एकै दिन धेरै संक्रमित भेटिएको घटना हो। अमेरिकामा संक्रमितको आँकडा १ करोड ७० लाखभन्दा धेरै पुगेको छ। त्यहाँ हालसम्म २ लाख ४७ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

यता विश्‍वभर कोरोनाका बिरामीको संख्या बढेर ५ करोड २४ लाख पुगेको छ। तर तीन करोड ६६ लाख मानिस निको भएका छन्। अहिलेसम्म १२ लाख ८८ हजार मानिसले ज्यान गुमाएका छन् ।

विश्‍वकै सबैभन्दा चपेटामा परेको अमेरिकामा संक्रमण तीव्र गतिमा बढिरहेको छ । बुधवार त्यहाँ कीर्तिमानी १ लाख ३६ हजार नयाँ संक्रमित थपिएका हुन्। बितेको १० दिनमा अमेरिकामा ११ लाख २९ हजार ४६३ जना नयाँ संक्रमित थपिएका छन् । यता चीनमा केही दिनको राहतपछि फेरि १५ जना नयाँ संक्रमित भेटिएका छन् ।

न्यूयोर्कमा प्रतिबन्ध

अमेरिकामा एक दिनमै कीर्तिमानी संख्यामा बिरामी थपिएपछि तनाव बढ्दै गएको छ । १० दिनयता त्यहाँ लगातार दैनिक एक लाखभन्दा धेरै संक्रमित थपिएका छन्। यसैबीच न्यूयोर्कका गभर्नर एन्ड्रू कुमोले राज्यमा प्रतिबन्धको घोषणा गरेका छन्। कुमोले प्रतिबन्ध नलगाई कोरोना नियन्त्रण सम्भव नरहेको बताएका छन् ।

अब न्यूयोर्कमा पार्टीसहितका भिड हुने कार्यक्रम गर्न पाइने छैन । व्यापारका लागि पनि शर्त तोकिएको छ। न्यूयोर्कमै फेरि बिहीबार १६ सय २८ नयाँ संक्रमित थपिएका छन् भने २१ जनाको ज्यान गएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार