काठमाण्डौंः पाकिस्तानमा कोरोनाभाइरसबाट एकैदिनमा अत्यधिक धेरै ३४ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको नेस्नल कमाण्ड एण्ड अप्रेसन सेन्टरले बिहीबार दिएको जानकारीअनुसार देशमा सङ्क्रमितको संख्यामा पनि बृद्धि हुदै गएको छ । यसअघि गत जुलाई २४ का दिन सवैभन्दा धेरै एकैदिनमा ३५ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
अधिकारीहरुका अनुसार पाकिस्तानमा अहिलेसम्म सात हजार ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । महामारी फैलिएको झण्डै नौ महिनाको अवधिमा उनीहरुको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा देशभरी गरेर कुल एक हजार ८०८ जनाको मृत्यु भएको पनि केन्द्रले जनाएको छ ।
योसँगै पाकिस्तानमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या तीन लाख ४९ हजार ९९२ जना रहेका छन् । अहिलेसम्म कुल सङ्क्रमित मध्ये तीन लाख २० हजार ८४९ जना भने कोरोनाभाइरसबाट सङ्क्रमण मुक्त भइसकेका छन् ।
केन्द्रले दिएको जानकारी अनुसार बाँकी २२ हजार ८८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेकाले उनीहरुको उपचार भइरहेको छ ।(रासस-एएनआई)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया