असार २४, २०८२ मंगलबार July 8, 2025

आगामी अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध हुने अमेरिकि राष्ट्रपति ट्रम्पको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गर्नुभएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार एक कार्यक्रममा सो कुरा बताएको प्राप्त समाचारमा जनाइएको छ । उनले आफु हालैमात्र अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजय भएपछि पहिलो पटक यो सार्वजनिक रुपमा मन्तव्य दिएको हो ।

यस मन्तव्यमा राष्ट्रपति ट्रम्पले अमेरिकाले खोप निर्माणका लागि निकै संघर्ष गरेको पनि बताएको छ । त्यस कार्यक्रममा उनले भनेका थिए आगामी अप्रिल महिनासम्ममा सबे जना अमेरिकी नागरिकलाई यो खोप दिइने छ र पहिलो चरणमा यो खोप कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिइने छ ।

त्यसपछि यहाँका बृद्धबृद्धाहरु र कोरोना भाइरसको जोखिममा रहेको समुदायका लागि यो खोप दिइने पनि राष्ट्रपति ट्रम्पले जानकारी दिए । पिफिजर कोभिड १९ खोप सबै अमेरिकी नागरिकलाई प्राप्त हुने भन्दै अमेरिकाको लगानीका कारण यो सबै सम्भव भएको पनि उनले बताए ।

यसअघि पनि उनले सन् २०२१ को पहिलो चार महिनाभित्र नै अमेरिकी नागरिकले खोप प्राप्त गर्ने जानकारी दिए । निर्वाचनमा आफ्नो पराजयपछि आज उनले यो सम्बोधन गरिरहँदा हालै निर्वाचन परिणामको बारेमा भने कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार