काठमाण्डौ: चिलीका राष्ट्रपतिले राजधानी सान्टियागोमा संकटकाल घोषणा गरेका छन् ।
चिलीमा मूल्यवृद्धिको विरोधमा चर्किएको प्रदर्शन हिंसात्मक बनेपछि राजधानी सान्टियागोमा संकटकाल घोषणा गरिएको हो । पछिल्लो समय चर्किएको प्रदर्शन हिंसामा रुपान्तरण हुँदै गएपछि राष्ट्रपति सेबास्सियन पिनेराले यस्तो घोषणा गरेका हुन् ।
उनले राष्ट्रिय सुरक्षाको जिम्मा मेजर जेनरल जाभियर इतुरियागा डेल काम्पोलाई लगाउँदै संकटकाल घोषणा गरेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया