कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

चलचित्र ‘आर्या’ को गीत सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ‌ंः दमौलीको मानुङ डाँडाको मनोरम स्थानमा छायांकन भएको चलचित्र ‘आर्या’ को गीत भाइटीकाको अवसर पारेर यु ट्युब मार्फत सार्वजनिक गरिएको छ ।

तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सप्पन्न भएको चलचित्र ‘आर्या’ लकडाउनका कारण प्रदर्शन रोकिएको थियो । सार्वजनिक रास्ट्रभावले ओतप्रोत ‘हाम्रो धर्ति’ बोलको गीतमा गायिका मेलिना राइको स्वर कविराज गहतराजको नृत्य निर्देशन ,राम सिटाैलाको सङ्गीत, लक्ष्मण सिटाैलाको शब्द रहेको छ। उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको चलचित्रमा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ ।

नेपाली चलचित्रको इतिहासमा रास्ट्रिय झन्डाको व्यापक प्रयोग गरि दृश्य छायांकन गरिएको सम्भवत यो नै पहिलो पटक हो। झन्डालाई नेपाल र नेपालीको आत्मसम्मान र रास्ट्र गौरवको प्रतीक मान्नुपर्छ भन्ने एउटा महत्वपूर्ण शन्देश दिने यो गीतले नेपालको आफ्नै गौरव गाथा बोलेको छ ।

गीतमा तनहुको मानुङ डाडाको मनोरम दृश्य बडाे रोचक ढंगले दृस्यान्कन गरिएको हेर्न पाइन्छ । मानुङको सम्पुर्ण प्राकृतिक सौन्दर्य कैद गरिएको यो गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरुको कलाकारिता देख्न सकिन्छ। सार्वजनिक गीतले अहिलेको बिश्व परिवेशमा रास्ट्रभक्ती ,स्वतन्त्रता ,नेपाल र नेपालको अभिभाज्य मन मुटु र झन्डाको महिमा अभिव्यक्त गरिएको छ ।

दिब्यराज सुवेदीले छायांकन गरेको चलचित्र ‘आर्या’मा राम सिटौला र शशि बिक्रम थापाको संगीत,मिलन श्रेष्ठको सम्पादन,कुमार महर्जनको द्वन्द निर्देशन रहेको छ। चलचित्रमा शिल्पा पोखरेल,अनुप बिक्रम शाही,प्रकाश शाह,रवि गिरि,सुशील पोखरेल,गीता अधिकारीलगायतको अभिनय रहेको छ।

भिडियोमा हेर्नुहोसः

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुन तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य २५ रुपैयाँले घट्यो
२०८३ कार्तिक १०, मंगलबार
राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
२०८३ कार्तिक १०, मंगलबार
चलचित्र निर्माणमा साढे ३ करोड अनुदान, २१ दिनको समयावधी सहित मन्त्रालयद्वारा आवेदन आह्वान
२०८३ कार्तिक १०, मंगलबार
हुम्लामा चार करोड खसीको व्यापार
२०८३ कार्तिक १०, मंगलबार
राष्ट्रिय सभाको विपद अध्ययन विशेष समितिको बैठक बस्दै
२०८३ कार्तिक १०, मंगलबार
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
२०८३ कार्तिक १०, मंगलबार
पर्यटकको पर्खाइमा मण्डनदेउपुरको रमणीय पर्यटकीय गन्तव्य कोटथुम्का
२०८३ कार्तिक १०, मंगलबार