श्रावण १२, २०८३ मंगलबार July 28, 2026

चलचित्र ‘आर्या’ को गीत सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ‌ंः दमौलीको मानुङ डाँडाको मनोरम स्थानमा छायांकन भएको चलचित्र ‘आर्या’ को गीत भाइटीकाको अवसर पारेर यु ट्युब मार्फत सार्वजनिक गरिएको छ ।

तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सप्पन्न भएको चलचित्र ‘आर्या’ लकडाउनका कारण प्रदर्शन रोकिएको थियो । सार्वजनिक रास्ट्रभावले ओतप्रोत ‘हाम्रो धर्ति’ बोलको गीतमा गायिका मेलिना राइको स्वर कविराज गहतराजको नृत्य निर्देशन ,राम सिटाैलाको सङ्गीत, लक्ष्मण सिटाैलाको शब्द रहेको छ। उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको चलचित्रमा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ ।

नेपाली चलचित्रको इतिहासमा रास्ट्रिय झन्डाको व्यापक प्रयोग गरि दृश्य छायांकन गरिएको सम्भवत यो नै पहिलो पटक हो। झन्डालाई नेपाल र नेपालीको आत्मसम्मान र रास्ट्र गौरवको प्रतीक मान्नुपर्छ भन्ने एउटा महत्वपूर्ण शन्देश दिने यो गीतले नेपालको आफ्नै गौरव गाथा बोलेको छ ।

गीतमा तनहुको मानुङ डाडाको मनोरम दृश्य बडाे रोचक ढंगले दृस्यान्कन गरिएको हेर्न पाइन्छ । मानुङको सम्पुर्ण प्राकृतिक सौन्दर्य कैद गरिएको यो गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरुको कलाकारिता देख्न सकिन्छ। सार्वजनिक गीतले अहिलेको बिश्व परिवेशमा रास्ट्रभक्ती ,स्वतन्त्रता ,नेपाल र नेपालको अभिभाज्य मन मुटु र झन्डाको महिमा अभिव्यक्त गरिएको छ ।

दिब्यराज सुवेदीले छायांकन गरेको चलचित्र ‘आर्या’मा राम सिटौला र शशि बिक्रम थापाको संगीत,मिलन श्रेष्ठको सम्पादन,कुमार महर्जनको द्वन्द निर्देशन रहेको छ। चलचित्रमा शिल्पा पोखरेल,अनुप बिक्रम शाही,प्रकाश शाह,रवि गिरि,सुशील पोखरेल,गीता अधिकारीलगायतको अभिनय रहेको छ।

भिडियोमा हेर्नुहोसः

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार