काठमाण्डौंः प्रमोद खरेलको स्वरमा रहेको ‘लाजको घुम्टो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शिर्षक घिमिरेको शब्द तथा हरि लम्सालले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता मोडल कबिर खड्का र रोश्नी कार्की फिचर्ड छन् ।
एक निम्न वर्गीय परिवारका श्रीमान्-श्रीमतीबीचको प्रेमलाई भिडियोमा देखाइएको छ । शान थापाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोलाई अस्मिता सापकोटाले निर्माण गरेकी हुन् । ठुलोपर्दा
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया