काठमाण्डौंः प्रेमी ब्लेक शेल्टनले गायिका गोवेन स्टेफनीलाई ५ लाख अमेरिकी डलर अर्थात (करिब ६ करोड नेपाली रुपैयाँ)को औंठी दिएका छन् । गत अक्टोबरको अन्ततिर गरिएको इन्गेजमेन्टका दिन शेल्टनले ५१ वर्षे प्रेमिका गायिका स्टेफनीलाई उक्त औँठी लगाईदिएका हुन्।
स्टेफनीले उक्त औंठी क्रिसमसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा प्रस्तुति दिने क्रममा देखाएकी हुन्। उक्त कार्यक्रम हलमार्क च्यानलबाट प्रसारण गरिएको थियो।
कार्यक्रममा उनले ‘हेयर दिस क्रिसमस’ गीत गाउने क्रममा उनको हातमा ५ लाख अमेरिकी डलरको औंठी देखिएको थियो, जतिबेला उनी इलेक्ट्रिक गिटार बजाउँदै थिइन्। उनीहरू छिट्टै विवाह बन्धनमा बाँधिने अनुमान गरिएको छ।
ब्लेकले उक्त औँठी स्टेफनीको लागि भनेर तयार पारेको जनाइएको छ।- एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया