मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

राज्यमन्त्री गजमेरद्वारा नौ वर्षदेखि थला परेका राईसहित दुईको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रदेश नम्बर १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले विगत नौ वर्षदेखि बिरामी परी थला परेका एक वृद्धको शनिबार उद्धार गरी उपचारको व्यवस्थापन गरेकी छन् ।

उनले आर्थिक अवस्था कमजोर रही बिरामी परेका भोजपुरको षडानन्द नगरपालिका–४ का ७० वर्षीय रामबहादुर राईको उद्धार गरी उपचारका लागि विराटनरस्थित मानवसेवा आश्रममा ल्याएकी हुन् ।

वृद्ध राईको एक मात्र सन्तान छोरा मानसिक रोगी भएका कारण उपचार र पालनपोषणमा समस्या भएपछि दुवै जनालाई उद्धार गरी विराटनगर ल्याइएको छ । राज्यमन्त्री गजमेरले राईको स्वास्थ्य उपचार र रेखदेखको काम सरकारले गर्ने बताउँदै सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिको उद्धार तथा पुनःस्थापनाको काम प्रदेश सरकार गर्ने बताइन् ।

सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी तथा सडक आश्रितको उद्धार गर्दै आएको छ । राईलाई दुई महिनाअघि स्वास्थ्यमा समस्या भएपछि स्थानीय खार्तम्छा स्वास्थ्यचौकीले स्लाइन पानीलगायत प्राथमिक उपचार गरेको थियो । मानव सेवा आश्रमका प्रदेश संयोजक नवराज केसीले राईको स्वास्थ्य परीक्षणपछि रोगबारे थाहा हुने जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार