मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

तनहुँ-काठमाडौं प्रसारण लाइनको अवरोधबारे अध्ययन गर्न कार्यदल गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः निर्माणाधीन २२० केभी तनहुँ–काठमाडौं प्रसारण लाइनको अवरोधबारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार सहसचिव प्रवीणराज अर्यालको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको जनाएको हो।

कार्यदलमा नेपाल विद्युत प्राधिकरण र जिल्ला प्रशासन कार्यालय धादिङका प्रतिनिधि, सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा प्रभावित क्षेत्रका एक स्थानीयबासी सदस्य छन्।

कार्यदलले रुटमा देखिएका समस्या र समाधानका उपाय एक साताभित्र ऊर्जा मन्त्रालयमा पेस गर्ने छ। सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का स्थानीयको अवरोधका कारण टावर निर्माणको काम प्रभावित बनेको छ।

मर्स्याङ्दी नदीका जलविद्युत् आयोजनाहरूको विद्युत केन्द्रीय प्रणालीमा जोड्न तनहुँको मार्कीचोकदेखि काठमाडौंको मातातीर्थसम्म ८२ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ।

डबल सर्किट प्रसारण लाइनबाट एक हजार मेगावाट विद्युत प्रवाह हुने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार