असार २३, २०८२ सोमबार July 7, 2025

सुकुमबासी आयोग र प्रदेश १ का स्थानीय सरकारबीच सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भूमिहीन तथा सुकुमबासीलाई जग्गा प्रदान गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगले प्रदेश १ का २८ स्थानीय सरकारसँग सम्झौता गरेको छ । सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरिने सम्झौता गरेको हो ।

आयोगले प्रदेश १ का सुकुमबासीलाई जग्गा प्रदान गर्ने प्रक्रिया सुरु गरेको छ । पहिलो चरणअन्तर्गत यसअघि दुईवटा स्थानीय तहसँग सम्झौता गरेको थियो भने सोमबार थप २८ स्थानीय तहसँग पनि सम्झौता गरेको छ । यसअघि सम्झौता गरेका उदयपुरको बेलका र कटहरी गाउँपालिकामा काम गरिरहेको आयोगका प्रदेश संयोजक गोपाल गुरागाईंले बताए । अन्य स्थानीय तहमा छिटै काम सुरु हुने उनले बताए ।

आयोगले प्रदेश १ का ताप्लेजुङ, पाँचथर इलाम, धनकुटा भोजपुर, झापा, मोरङ सुनसरी र उदयपुरका स्थानीय तहसँग सम्झौता गरेको छ । ती स्थानीय तहमा जग्गा उपलब्ध गराउनुपर्ने भूमिहीन तथा सुकुमबासीको संख्या पनि सार्वजनिक गरेको छ ।

आयोगका अनुसार ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा ३६, पाँचथरको हिलिहाङ गाउँपालिकामा तीन सय ८५, इलामका माङसेबुङमा दुई हजार तीन सय २०, इलामको माई नगरपालिकामा चार हजार एक सय ९५ र धनकुटाको धनकुटा नगरपालिकामा चार सय ७०, परिवारलाई जग्गा उपलब्ध गराउनुपर्नेछ ।

त्यस्तै, झापाको कन्काई नगरपालिकामा चार हजार पाँच सय ५३, गौरादह नगरपालिकामा चार हजार नौ सय ९२, दमक नगरपालिकामा पाँच हजार तीन सय ५१, कमल गाउँपालिकामा चार हजार पाँच सय ४७, झापा गाउँपालिकामा चार हजार २५, बाह्रदशी गाउँपालिकामा ६ सय ९६ र हवल्दीबारी गाउँपालिका दुई हजार नौ सय ८५ परिवार सुकुमबासी रहेका छन् ।

मोरङको उर्लाबारी नगरपालिकामा पाँच हजार ४४, पथरीशनिश्चरे नगरपालिकामा नौ हजार पाँच सय, बेलबारी नगरपालिकामा ६ हजार ६१, रंगेली नगरपालिकामा ११ हजार नौ सय २३, लेटाङ नगरपालिकामा चार हजार चार सय ४५, कानेपोखरी गाउँपालिकामा चार हजार एक सय ७४ र मिक्लाजुङ गाउँपालिकामा तीन हजार ६ सय ४२ सुकुमबासी रहेको आयोगले जनाएको छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार