काठमाडौंः करिब ९ महिनादेखि बन्द ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना आजदेखी खुल्ने भएको छ । कोरोना संक्रमणका कारण गएको ७ चैतदेखि बन्द रहेको सो चिडियाखाना आजदेखि खुल्ने भएको हो ।
संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयपछि सदर चिडियाखाना खोल्न लागिएको हो । स्वास्थ्य सुरक्षाका सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खोल्न लागिएको बताइएको छ ।
चिडियाखाना अवलोकन गर्दा विदेशीलाई ७५०, सार्क राष्ट्रका नागरिकका लागि ५००, नेपालीलाई १५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
भीडभाड हुन नदिन पहिलोपटक अनलाइन टिकटको व्यवस्था पनि गरिएको छ । चिडियाखानाको वेबसाइट वा ई सेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ।
चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन तथा छुन पाइने छैन । अब हरेक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म चिडियाखाना खुला हुने भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया