असार २४, २०८२ मंगलबार July 8, 2025

माक्र्सवाद नागरिक स्वतन्त्रताको गान- प्रदीप नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालमा जति पनि राजनीतिक पार्टी छन्, तिनका नेतालाई आफ्नो पार्टीको सैद्धान्तिक ज्ञान, त्यसको कार्यान्वयनको ज्ञान छ कि छैन, त्यो उहाँहरूले नै आत्ममन्थन गरी जान्ने कुरा हो । मलाई लागेको कुरो के मात्र हो भने अहिले उहाँहरूले आत्ममन्थन गरेर आफ्ना कमी कमजोरीलाई पत्ता लगाउनुस् । किनभने तिनलाई सच्याउनु जरुरी भएको छ ।

मेरो ज्ञानमा नेपाली नेताहरू सपना देखाउन जान्दछन् तर कुन बाटोबाट त्यो स्थानमा पुगिन्छ भन्ने जान्दैनन् । बोल्न सिपालु छन् तर तिनीहरू बोलीलाई व्यवहारमा कसरी उतार्ने भन्ने जान्दैनन् । नेपालमा प्रत्येक ठूला नेताले आफुलाई समाजवादी भन्छन् । ‘घरघरमा सिंहदरबार !’ कति मिठो शब्दजाल तर घरघरमा पुग्नुपर्ने सिंहदरबारलाई तिनीहरू आफ्नो खल्तीमा राख्छन् र भन्छन्, मेरो खल्ती नै सिंहदरबार हो, त्यसैले म जहाँ पुग्छु, त्यहाँ सिंहदरबार पनि पुग्छ ।

नेपालमा जति मानिसहरू आफूलाई माक्र्सवादी भन्छन्, तीमध्ये ९९ प्रतिशत झुट बोलिरहेका छन् । तिनीहरू माक्र्सवादी होइनन् । तिनीहरू स्टालिनको ‘लेनिनवादका आधारहरू’ भन्दा माथि पुग्नै सक्दैनन् । लेनिनवादले तिनलाई सर्वहारा वर्गको अधिनायकत्वमा च्यापेर राखेको छ तर कार्लमाक्र्स कुनै पनि शक्ति र वर्गको अधिनायकत्वको पक्षमा कहिल्यै थिएनन् । उनले त्यस्तो समाजको कल्पना गरेका थिए– जहाँ सबै मानिस स्वतन्त्र हुन्छन् । कोेही पनि अर्को कोहीबाट पीडित हुँदैन । वर्गविहीन समाजको परिकल्पना भनेको यही हो ।

तर नेपालमा नेताहरू राजा भएका छन् । राजा मात्रै हुनु पनि कुनै ठूलो कुरो थिएन । राजा पनि एउटा मान्छे नै हो । तिनीहरू त दलाल पुँजीवादका अभिभावक भएका छन्, रक्षक भएका छन् । यहाँसम्म कि तिनीहरू दलाल पुँजीवादको कर्मचारी, खेताला भएका छन् । यस्ता नेताले समाजवादको कुरो गर्नु र मैले शास्त्रीय सङ्गीतको कुरो गर्नु एउटै कुरो हो । नेपालमा अहिले नेता भएर बाँचिरहेका मानिसहरू बाँचिरहेसम्म नेपालमा कहिल्यै समाजवाद आउँदैन । ‘एक्काइसौं शताब्दीको समाजवाद’ नेपालका लागि फगत सपना हो । एक्काइसौं शताब्दीको कुरा छोडिदिनु होस्, हाम्रो तीन पुस्ता पछिसम्मकाले समाजवादको कुरै नगरे हुन्छ । यही तालमा बाटो हिँडिरहने हो भने त हामी सन् २५०० सम्म पनि समाजवादको अनुहार देख्न पाउने छैनौँ । ‘त्यसैले पच्चीसौँ शताब्दीको समाजवाद’ भनी नारालाई सूत्रीकरण ग¥यौँ भने हामी सही कुरा गरिरहेका हुन्छौँ ।

नेपालमा अहिले नेता भएर बाँचिरहेका मानिसहरू बाँचिरहेसम्म नेपालमा कहिल्यै समाजवाद आउँदैन । ‘एक्काइसौं शताब्दीको समाजवाद’ नेपालका लागि फगत सपना हो ।

‘समाजवाद’ कति मिठो, कति प्रिय र कति सुन्दर शब्द छ ? तर त्यो स्वीटजरल्याण्डमा मेरो साथीले भनेजस्तै नेपालका लागि सुदूर भविष्यको विषय रहेछ । हो सङ्घीयताले अलिअलि आश दिएको थियो तर त्यो सङ्घीयता पनि भीरको चिण्डो भएछ । अब त समाजवाद कवितामा, लघुकथामा सीमित भएछ ।

अहिले बजारमा नेपाल कम्युनिस्ट पार्टी नाङ्गै भएर पल्टिएको छ । म यसलाई नराम्रो भन्दिनँ । जनताले आपूmले चुनेका नेताहरूको हैसियत देख्न पाउँछन् । कसले के लेखेको छ, के बोलेको छ, त्यो नेपालका सारा जनतालाई थाहा होस् न । के बिग्रन्छ ? नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षहरूको दन्तबझानले नेकपाका नेताहरूकोे हैसियत जनाउँछ । आगामी चुनावमा सबैभन्दा निम्नकोटीको मान्छेलाई भोट माग्यो भने नेकपाले बहुमत ल्याउन सक्छ ।

लोकतन्त्र भनेको बलिया बलिया साँढेहरूको लडाइँ नै रहेछ । प्रतिपक्ष कमजोर रहेछ भने लोकतन्त्र आफैँ कमजोर हुँदोरहेछ । यो कुरा हाम्रो व्यवहारले नै सिकाएको कुरो भन्नुप¥यो । अहिले नेपाली काँग्रेस अलिक बलियो भइदिएको भए कम्युनिस्ट पार्टीका नेताहरूले यस्तो अखडाबाजी गर्न पाउने थिएनन् ।

२० गते ज्ञानेन्द्रलाई गद्दीमा बसाउने भन्नेहरूको अनुहार यतिबेला कस्तो भएको थियो हेर्न मन लागेको थियो, हेर्न पाइएन । कोरोनालाई नै गाली गरेर बस्नुपर्ने भयोे । कोरोना नभइदिएको भए यसो आँखा घुमाउन पाइने थियो तर केही छैन । २१ गतेका अखबारहरू हेरियो । राजालाई बग्गीमा राखेर नारानहिटी छिराउनेलाई अखबारले ठीकै भाउ दिएछन् । रामै्र लाग्यो ।

अरू पार्टीका नेताहरूको कुरो गर्दिन मँ । आ–आफ्नो पार्टीको जिम्मा लिने थुप्रै नेता छन् । यतिखेर म आफ्नै पार्टीका नेतातिर जान्छु । के गरेको हो यो ? कसैको मनमा पार्टी फुटाउने मन भए फुटाउँदा हुन्छ । त्यसो हुँदा हुक्के बैठकेहरूलाई पनि प्रतिस्पर्धा नगरी ¥याङ्क बढाउने मौका आउनेछ । न कुनै सिद्धान्त छ, न कुनै विचार छ ! के हो फुटको चुरो ? दुवै आरोपपत्रहरू पढेँ मैले । प्रचण्डले यस्तो भाषा प्रयोग गरेर कसरी तीन दशक पार्टी हाँक्नुुभयो होला । मान्छेले भन्थे, ‘दर्शनमा मोहन वैद्य र लेखनमा बाबुरामलाई प्रयोग गरेर पुष्पकमल दाहालले राजनीति चलाइरहनुभएको छ ।’ हो रहेछ । पत्याएँ मैले ।

मान्छेले ठाडो गाली गरे सूर्य थापालाई । किन ? दुवैको भाषा उस्तै त छ । के ठूलाले जे गरे पनि सही ? प्रचण्ड लेख्नुहुन्छ, ‘आज कम्युनिस्ट आचरण र मूल्यमान्यतामा भयानक ह्रास आइरहेको छ । नेतृत्व तहदेखि स्थानीय स्तरसम्म पैसा र पदका निम्ति जे गर्न पनि उद्यत हुने घोर व्यक्तिवादी र अराजकतावादी प्रवृत्ति झाङ्गिदै गएको छ । क्रान्तिकारी आचरण र लोकतन्त्रीकरणको प्रक्रिया विलोप हुँदैछ । वैचारिक बहस गर्ने, सैद्धान्तिक अध्ययन, अनुसन्धान गर्ने, आदर्श, विधि र पद्धतिको विकास गर्ने र पालना गर्ने प्रश्नमा ध्यान दिने फुर्सद कसैलाई नभएको जस्तो देखिँदैछ ।’

यो कसका लागि लेख्नुभएको हो कमरेड ? पार्टी सञ्चालनको जिम्मा तपाईंलाई परेको होइन ? गाउँ कमिटीको श्यामबहादुरले मात्रै नियम पालना गर्ने कि केन्द्रीय कमिटीको प्रचण्डले पनि गर्ने । सारा आरोपहरू तपाईंहरूतिरै सोझिएका छैनन् । आफ्नो बास, आफ्ना कामहरू, आफ्नो आचरण र तल्लो तहसम्म लोकतन्त्रीकरणलाई कसले खाँदैछ ? सिद्धान्त लत्याएर एकता गर्ने को हो ? हामी त होइनौँ क्यारे ! एकताको प्रस्ताव राख्दा मैले भनेको थिएँ– ‘आउनुस्, तपाईं किन एक्लै बस्नुहुन्छ ? जनताको बहुदलीय जनवाद तपाईंहहरूले पनि मान्नुभएकै छ क्यारे । आउनुस्, तपाईंलाई वरिष्ठ नेता बनाउने ल्याकत अहिलेसम्म मसँग छ ।’ जोडले ताली बजाउनेहरूमा तपार्इं पनि हुनुहुन्थ्यो होइन !

उहाँको आरोपपत्रमा कतिपय यस्ता हाँस्यास्पद कुराहरू उठाइएको छ, जो केपी ओलीको पालामा भएकै छैनन् । कोही स्वयं उहाँ प्रधानमन्त्री हँुदाको समयका छन्, त कुनै काम भएकै छैनन् । उहाँको अभियोग प्रस्तावलाई जसले आरोपपत्र भन्यो उसले बिलकुल ठीक भनेको छ । झलनाथ खनालले उक्त आरोपपत्रलाई हामी सबैको साझा हो भनेर हतार हतार किन बोल्नुपथ्र्यो पढ्दै नपढीकन ? कम्तीमा एकचोटी पढेर आरोप लगाइएका कामहरू कुन कुन प्रधानमन्त्री भएको पालामा भएकोे थियो भन्ने ज्ञान हुन्थ्यो ।

यो मामिलामा चाहिँ गल्ती केपी ओलीको पनि भएकै छ । आरोपपत्रको प्रतिवाद अर्को आरोपपत्र होइन । उहाँका चुड्काहरूलाई जनताले जसरी लिएका छन्, त्यसले उहाँको इज्जत बढाएको छैन । घटाएकै छ । यस सन्दर्भमा के.पी. ओलीले दुईटा गम्भीर गल्ती गर्नुभएको छ । एउटा, अभियोग पत्रलाई जस्ताको तस्तै जवाफ र स्थायी कमिटीको बैठक बहिष्कार । स्थायी कमिटी बहिष्कार गरेपछि ईश्वर पोखरेलमार्फत चिठी किन पठाउनुपथ्र्यो ? उहाँले त चिठीको ठाउँमा आफैँ उपस्थित भएर चिठीको भाषा बोल्नुपथ्र्याे । यो चाहिँ मेरो सल्लाहको कुरो मात्रै हो है । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार