असोज ९, २०८३ शुक्रबार September 25, 2026

उपत्यकामा कतै खुले, कतै खुल्ने तयारीमा विद्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) पछिको अवस्थामा विद्यालय पुनः सञ्चालन गर्न उपत्यकाका स्थानीय तहमा फरक–फरक खाले अभ्यास देखिएको छ ।

उपत्यकाका केही स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् भने कतिपय विद्यालय खोल्ने नखोल्ने निर्णयमा पुग्न सकेका छैनन् । केही स्थानीय तहले माथिल्लो तहबाट विद्यालय सञ्चालन गर्ने तयारी थालेका छन् । ललितपुर महानगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिने नीतिगत निर्णय गरेको छ ।

कुन विद्यालय कहिलेदेखि खोल्ने र कसरी सञ्चालन गर्ने भन्ने कुराको निर्णय सम्बन्धित विद्यालयले नै गर्नेछन् । महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्याका आधारमा विद्यालय व्यवस्थापन समितिले निर्णय गर्ने बताए ।

सरकारले हालै सार्वजनिक गरेको विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधिमा विद्यालय आंशिक, पूूरै वा विभिन्न माध्यमबाट सञ्चालन गर्न सक्ने विकल्प खुला गरेको छ । विद्यालयले अभिभावकसित समेत समन्वय गरेर विद्यालय सञ्चालन गर्नुपर्नेछ । यसैबीच महानगरले आफ्नो क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयलाई निःशुल्क रूपमा सेनिटाइजर वा साबुन पानी उपलब्ध गराउने भएको छ ।

सामुदायिक विद्यालयमा स्रोत अभाव नहुने भएकाले यस खालको निर्णय गरिएको जनाइएको छ । काठमाडौं महानगरपालिका भने कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यालय खोल्ने या नखोल्ने भन्ने विषयमा अन्तिम निर्णयमा पुग्न सकेको छैन । महानगरले विद्यालय कसरी र कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफल जारी राखेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार