काठमाण्डौंः नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को पाँचौं महासभाले मोदनाथ ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिवार काठमाडौंमा आयोजित महासभाले उपाध्यक्षद्वयमा भुवन आचार्य र मेनुका कार्की, महासचिवमा नारायण पौडेल, सचिवमा रोयल आचार्य, सहसचिवमा अजमत अलि र कोषाध्यक्षमा परमेश्वर अधिकारी चयन भएका छन् । यसैगरी सदस्यहरूमा नवीन ढुंगाना, प्रजिता बुढाथोकी, रोविन पौडेल,गोपाल सुवेदी चयन भएका छन् ।
यसैबीच संघको पहिलो बैठकले फणीन्द्र दाहाल ,दिलु कार्कीलाई सदस्यको रुपमा नियुक्त गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया