मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नारायणकाजीकी सहयाेगी सुसनले भेटिन् प्रधानमन्त्री, ओलीले भने, ‘प्रचण्डसँग कुरा गर्नुस्’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले याम्बलिङ हाइड्रोपावर र नेकपाका दिवंगत नेता कमानसिंह लामा र प्रवक्ता नारायणकाजी श्रेष्ठबीचको विवादमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न सुझाव दिएका छन्।

सुसन कर्माचार्य श्रीमान र छोरीसहित आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेकी भेटवार्ता गरेकी थिइन्।

उनले भेटमा लामाबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएको भन्दै प्रधानमन्त्री ओलीसँग गुनासो गरेकी थिइन्। कर्माचार्य नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख सहयोगी हुन्। उनी याम्बलिङ हाइड्रोपावरको अध्यक्षमा छिन्।

‘भेटमा प्रधानमन्त्री ओलीले लामाले यसबारे आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकाले मिलेर सल्टाउन र नेकपाका अर्का अध्यक्ष प्रचण्डले केही सहयोग गर्न सक्ने भए त्यता कुरा गर्न सुझाव दिनुभयो,’ उनका पति लक्षमण कृष्ण राजभण्डारीले भने।

लामाको निधन भएपछि हाइड्रोपावर र लामा परिवारभित्रको विवाद मिडियाहरुमा आएका थिए। साथै एकअर्कालाई मिलाउन भूमिका खेलेका श्रेष्ठलाई पनि यो विवादमा मुछिएको छ।

तर प्रधामन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाव दिएको राजभण्डारीले जानकारी दिएका छन्।

राजभण्डारी लेख्छन्, ‘साथै उहाँले नेपालमा यस्ता नामै नसुनेका अनलाइनहरुले जे पनि लेख्छ यसको पछि लाग्नु हुँदैन, गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिँडिरहनुपर्छ भनेर सम्झाउनु भयो।’ -विएल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार