असार ५, २०८१ बुधबार June 19, 2024

बमकाण्डका आरोपी सांसद् आलमको म्याद ८ दिन थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट । अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद ८ दिन थप गरेको छ ।

अनुसन्धानका लागि प्रहरीले समय मागेपछि यसअघि असोज २८ मा अदालतले एक साता म्याद थप गरेको थियो । थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीश उमानाथ गौतमको इजलासले थप ८ दिन प्रदान गरेको हो ।

१२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आलमलाई गत २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट लगिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया