मंग्सिर १, २०८२ सोमबार November 17, 2025

ईश्वर पोखरेलको प्रश्न : ओली–प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति कहाँ भएको छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेकपाका दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री हुने सहमति नभएको दाबी गरेका छन् । तर, उनले पार्टीको जिम्मेवारी भने आवश्यताअनुसार हेरफेर हुनसक्ने बताएका छन ।

‘नेकपाका अध्यक्षद्वयबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषय बाहिर आएको छ’, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका पोखरेलले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उल्टै प्रश्न गरे, ‘केपी ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने भनेर कहाँ सहमति भएको छ ?’ प्रधानमन्त्रीमा आलापालो नभए पनि पार्टी नेताको जिम्मेवारी भने आवश्यकता अनुसार हेरफेर हुनसक्ने पोखरेलले बताएका छन ।

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच केही समयदेखि विवाद बढेको विषय बाहिर आएको छ । तर, रक्षामन्त्री पोखरेलले मिडियामा आएजस्तो पार्टी अध्यक्षद्वयबीच कुनै विवाद नरहेको दाबी गरे । ‘हाम्रो पार्टीका अध्यक्षद्वयबीच विवाद बढेको भनेर समाचारहरू लेखिएका छन्,’, पोखरेलले प्रस्टीकरण दिँदै भने, ‘अध्यक्षद्वयबीच निरन्तर संवाद भइरहेको छ । विवाद छैन ।’

फरक प्रसंगमा रक्षामन्त्री पोखरेलले विगत र आगतमा भएका जस्तासुकै अपराधको अनुहार नहेरी सरकारले अनुसन्धान गर्ने बताए का छन। ‘तथ्यसहित बाहिर आएका अपराधका घटनामा संलग्नको अनुहार र पद केही नहेरी सरकारले कारबाही गर्छ’, पोखरेलले भने । तत्कालीन माओवादीले चलाएको सशस्त्र जनयुद्धलाई भने अपराधसँग जोडेर हेर्न नहुने उनको मत छ ।

सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री पोखरेलले सांसद् आफ्ताब आलमलाई पूर्वाग्रही बनेर पक्राउ गरेको कांग्रेस आरोप निराधार भएको बताएका छन । सर्वोच्च अदालतले फैसाला गरेर कार्र्यान्वय गर्न आदेश दिएकाले कांग्रेसले यसलाई सहज रूपमा लिनुपर्ने पोखरेलको भनाइ छ । पोखरेलले विप्लव माओवादीले हत्या हिंसाको घटना नत्यागेसम्म वार्ता हुन नसक्ने प्रष्ट पारेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार