भाद्र १, २०८३ सोमबार August 17, 2026

ईश्वर पोखरेलको प्रश्न : ओली–प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति कहाँ भएको छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेकपाका दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री हुने सहमति नभएको दाबी गरेका छन् । तर, उनले पार्टीको जिम्मेवारी भने आवश्यताअनुसार हेरफेर हुनसक्ने बताएका छन ।

‘नेकपाका अध्यक्षद्वयबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषय बाहिर आएको छ’, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका पोखरेलले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उल्टै प्रश्न गरे, ‘केपी ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने भनेर कहाँ सहमति भएको छ ?’ प्रधानमन्त्रीमा आलापालो नभए पनि पार्टी नेताको जिम्मेवारी भने आवश्यकता अनुसार हेरफेर हुनसक्ने पोखरेलले बताएका छन ।

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच केही समयदेखि विवाद बढेको विषय बाहिर आएको छ । तर, रक्षामन्त्री पोखरेलले मिडियामा आएजस्तो पार्टी अध्यक्षद्वयबीच कुनै विवाद नरहेको दाबी गरे । ‘हाम्रो पार्टीका अध्यक्षद्वयबीच विवाद बढेको भनेर समाचारहरू लेखिएका छन्,’, पोखरेलले प्रस्टीकरण दिँदै भने, ‘अध्यक्षद्वयबीच निरन्तर संवाद भइरहेको छ । विवाद छैन ।’

फरक प्रसंगमा रक्षामन्त्री पोखरेलले विगत र आगतमा भएका जस्तासुकै अपराधको अनुहार नहेरी सरकारले अनुसन्धान गर्ने बताए का छन। ‘तथ्यसहित बाहिर आएका अपराधका घटनामा संलग्नको अनुहार र पद केही नहेरी सरकारले कारबाही गर्छ’, पोखरेलले भने । तत्कालीन माओवादीले चलाएको सशस्त्र जनयुद्धलाई भने अपराधसँग जोडेर हेर्न नहुने उनको मत छ ।

सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री पोखरेलले सांसद् आफ्ताब आलमलाई पूर्वाग्रही बनेर पक्राउ गरेको कांग्रेस आरोप निराधार भएको बताएका छन । सर्वोच्च अदालतले फैसाला गरेर कार्र्यान्वय गर्न आदेश दिएकाले कांग्रेसले यसलाई सहज रूपमा लिनुपर्ने पोखरेलको भनाइ छ । पोखरेलले विप्लव माओवादीले हत्या हिंसाको घटना नत्यागेसम्म वार्ता हुन नसक्ने प्रष्ट पारेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथी दर्ज्यानी प्रदान
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देल बिच शिष्टचार भेट
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार