वैशाख ११, २०८१ मंगलबार April 23, 2024

नोकिया प्योरबूक एक्स फोर्टिन ल्यापटप बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नोकीयाले पहिलोपटक आफ्नो ल्यापटप सार्वजनिक गरेको छ । ईकमर्स कम्पनी फ्लिपकार्टमार्फत नोकिया प्योरबूक एक्स फोर्टिन ल्यापटप बजारमा ल्याएर सार्वजनिक गरेको छ ।

नोकिया प्योरबूक एक्स फोर्टिनको प्रि बुकिङ १८ डिसेम्बरदेखि सुरु हुनेछ । यो ल्यापटपको मूल्य ९५ हजार ९८४ रुपैयाँ तोकीएको छ । विण्डोज टेन ओएसका साथ आएको यो ल्यापटपमा १४ इन्चको फुल एचडी एलईडि ब्याकलिट स्क्रिन रहेको छ । यो ल्यापटपको स्क्रिन टु बडी रेसियो ८६ प्रतिशत रहेको छ । नोकिया प्योरबूक एक्स फोर्टिनको तौल १.१ किलोग्राम रहेको छ ।

केवल १६.८ एमएम मोटाई रहेको यो ल्यापटप निकै स्लिक डिजाइनमा तयार भएको छ । यसमा मजेदार साउण्डका लागि डल्बी अडियो सपोर्ट दिइएको छ ।यस ल्यापटपमा ८ जीबी डीडीआरर् ४ याम तथा ५१२ जीबी एनभीएमई रहेको छ । यो एसएसडीका साथ आएको यो ल्यापटपमा दशौं पुस्ताको इन्टेल आई फाइभ क्वाडकोर प्रोसेसर राखिएको छ ।

साथै राम्रो ग्राफिक्सका लागि यसमा तपाईंले १.१ गिगाहर्ज टर्बो जीपीयूसँगै इन्टिग्रेटेड इन्टेल यूएचडी ६२० ग्राफिक्स कार्ड समेत पाउन सकीने छ । ब्याट्री फास्ट चार्ज गर्न यसमा ६५ वाटको फास्ट चार्जिङ सपोर्ट दिइएको छ । यो ल्यापटपमा ८ घण्टासम्म टिक्ने ब्याट्री राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया