मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नेताहरूको दोहोरो चरित्रले उखुको रकम नतिरेका व्यवसायीलाई कारवाही गर्न अप्ठेरोः उद्योगमन्त्री भट्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेताहरूको दोहोरो चरित्रले उखुको रकम नतिरेका व्यवसायीलाई कारवाही गर्न अप्ठेरो परेको बताएका छन् ।

संसदीय समितिको बैठकमा बोल्दै उनले नेताहरू सामाजिक सञ्जालमा किसानका पक्षमा आफ्ना धारणा राख्ने तर आफूलाई फोन गरेर ३–४ दिनमै तिर्छु भनेको छ अहिले पक्राउ नगरिदिनू भनेर फोन गर्ने गरेको बताएका हुन् ।

किसानलाई न्याय चाहियो भन्ने तर फोनमा पक्राउ नगर आग्रह गर्ने गरेको उनको भनाइ छ । भट्टले नेताहरुकै संरक्षणमा चिनी उद्योगीहरुले किसानको पैसा नतिरेको जिकिर गरेका छन् ।

‘सामाजिक सञ्जालमा किसानको पक्षमा भएझैं गरी नेताज्यूहरु रोइलो गर्नु हुन्छ तर भित्रभित्रै चाहिँ उद्योगीको संरक्षण गर्नु हुन्छ’, मन्त्री भट्टले भने, ‘नेताज्यूहरु मलाई फोन गरेर भन्नु हुन्छ, ‘३–४ दिनमै तिर्छु भनेका छन्, अहिले पक्राउ नगरिदिनुस् है’ । फेरि ट्विटरमा चाहिँ उहाँहरु नै सरकारकै विरोध गरेर किसानलाई पैसा किन नदिएको भन्नुहुन्छ । अच्चम छ । यस्तो दोहोरो चरित्रले किसानको हित हुँदैन,’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार