जेठ २३, २०८३ शनिबार June 6, 2026

चाबहिलकाे गोपिकृष्ण चलचित्र हल भत्काउन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैं: काठमाण्डाैंकाे चाबहिलस्थिथ रहेकाे गोपिकृष्ण हल भत्काउन सुरु गरिएको छ । दर्शकको बाक्लो भीड लाग्ने यो हल अब नयाँ स्वरुपमा बन्न लागेकाे हाे ।

यसका संचालकले ३ दिनदेखि हल भत्काउन सुरु गरेका छन् । गोपिकृष्णमा ७ वटा पर्दा रहेका छन् । जसमध्ये, गोपि, कृष्ण, राधा र मिरा हल भत्काइनेछ । हल खुलेपछि ओम, नम र शिवायःमा मात्र चलचित्र चल्नेछन् । यी तिन पर्दामा करिब ६ सय दर्शक मात्र अट्न सक्नेछन् । यसैले पनि गोपिकृष्ण हल भत्केपछि दर्शकको ठुलो भीड मिस हुनेछ ।

यसका संचालकले सपिङ मल बनाउने योजना अनुसार, हल भत्काउन लागेका हुन् । अब बन्ने भवनमा २ तला पार्किङ, ४–५ तला सपिङ सेन्टर, लज, रेष्टुरेन्ट, स्विमिङ पूल बनाउने योजना रहेकाे गोपिकृष्ण हलका म्यानेजर प्रदिप दाहालले बताए । उनले भने, ‘यसपछि, छतमा गोपि र कृष्ण नाममा २ वटा हल संचालन हुनेछन् । नयाँ भवन बन्नका लागि ३ बर्ष लाग्नेछ ।’

अब, ओम हलमा थ्रिडी पर्दा राख्ने तयारी गरिएको छ । यस्तै, ओम, नम र शिवायःमा नयाँ पर्दा र चिम राख्ने तयारी हल संचालकले गरेका छन् ।

नेपाली चलचित्रको भीडभाड देखाउन होस् या कलाकार तथा निर्माता–निर्देशकले दर्शकसँग सिधै साक्षात्कार गर्नका लागि गोपिकृष्ण हल सबैभन्दा उत्तम मानिन्थ्यो । यस्तै, नेपाली चलचित्रको लागि यो हलले राम्रो शेयर पनि दिदै आएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार