असार २३, २०८२ सोमबार July 7, 2025

आन्दोलनरत किसानलाई भेट्न पुगे मन्त्रीहरू – सबै रकम भुक्तानी नहुँदासम्म आन्दोलन जारी राख्ने अडान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिनी उद्योगीले उखुको बक्यौता भुक्तानी नगरेको भन्दै एक सातादेखि आन्दोलनरत उखु किसानलाई भेट्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठीलगायतका उच्च सरकारी अधिकारी शुक्रबार माइतीघर पुगेर किसानको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रीहरूले सरकार समस्या समाधान गर्ने गरी अघि बढिरहेकाले किसानलाई आन्दोलन स्थगित गर्न आग्रह गरे ।

मन्त्री भट्टले श्रीराम सुगर मिलले किसानलाई बक्यौता भुक्तानी गर्न मिल्ने गरी १६ करोड रुपैयाँ जम्मा गरिसकेको र शनिबारदेखि नै रकम वितरण थाल्न राष्ट्रिय वाणिज्य बैंकलाई अनुरोध गरेको जानकारी दिएका थिए ।

मन्त्री भट्टले अन्य चिनी उद्योगीहरूलाई पनि सबै बक्यौता तिर्न ताकेता गर्ने भन्दै किसानलाई आन्दोलन स्थगित गर्न आग्रह गरेका हुन् । तर उखु किसानले मन्त्रीको आग्रहलाई अस्वीकार गर्दै सबै चिनी उद्योगीले पाउनुपर्ने रकम भुक्तानी नहुँदासम्म आन्दोलन निरन्तर जारी राख्ने अडान लिएका छन् । गत वर्ष १८ दिन लामो आन्दोलनपछि सम्झौता गरिएको भए पनि त्यो सम्झौता कार्यान्वयन हुन नसकेको भन्दै किसानहरू सशंकित हुँदै आएका हुन् ।

उखु किसान संर्घष समितिका संरक्षक राकेश मिश्रका अनुसार गत वर्ष १८ पुसमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको रोहबरमा उखु किसान र उद्योगीबीच ५ बुँदे सहमति भएको थियो । सहमतिको पहिलो बुँदामै सरकारबाट निर्धारण भएको उखुको मूल्यबमोजिमको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले ७ माघभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति भएको थियो ।

तर सहमति भएको वर्ष दिन बितिसक्दा पनि चिनी उद्योगीले बक्यौता भुक्तानी नगरेपछि आन्दोलनमा आउन बाध्य भएको मिश्रले बताए । चिनी उद्योगबाट लिनुपर्ने बाँकी भुक्तानी नभएसम्म आन्दोलन जारी नै राख्ने मिश्रले जानकारी दिए । यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि शुक्रबार उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका थिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार श्रीराम सुगर मिल रौतहटले करिब ६ वर्ष लामो समयदेखिको उखु किसानको २६ करोड ७७ लाख ७८ हजार ६ सय २३ रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । यसैगरी अन्नपूर्ण सुगर मिलको १७ करोड बाँकी छ ।

यसैगरी इन्दिरा सुगर मिलको ४ करोड ७० लाख बक्यौता भुक्तानी गर्न बाँकी छ भने महालक्ष्मी सुगर मिलले २० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख रुपैयाँ बक्यौता बाँकी छ । उखु किसानहरूले छ वटा चिनी मिलले करिब ९० करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको दाबी गर्दै आएका छन् । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार