श्रावण १३, २०८३ बुधबार July 29, 2026

अभिनेता अजय देवगनको बहुप्रतीक्षित फिल्म ‘मैदान’ आगामी दशैंमा सिनेमाघरमा रिलिज हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अभिनेता अजय देवगनको नयाँ चलचित्रको बारेमा महत्वपूर्ण घोषणा गरिएको छ । अजय देवगनले शनिवार भने, बहुप्रतीक्षित फिल्म ‘मैदान’ १५ अक्टुबर २०२१ मा सिनेमा घरहरूमा रिलीज हुनेछ ।

यो फिल्म भारतीय फुटबलको सुनौलो चरणमा आधारित छ । उनको यो चलचित्र अगस्तमा रिलिज हुने तयारी थियो तर कोरोना सङ्क्रमणका कारण फिल्मको शुटिङ प्रभावित भयो ।

अजय देवगनले ट्वीटरमा फिल्मको नयाँ पोस्टर शेयर गर्दै लेखेका छन्– मैदान आगामी दशैंमा सिनेमाघरमा रिलिज हुनेछ । मैदान एकैसाथ धेरै भाषामा रिलिज हुनेछ । हिन्दीको साथै यो फिल्म तमिल, तेलुगु र मलयालम भाषामा पनि रिलिज हुनेछ ।

मैदानमा अजय देवगनले सøयद अब्दुल रहिमको पात्रको भूमिकामा छन्, जुन सन् १९५० देखि १९६३ सम्म पूmटबल टीमको कोच र मैनेजर थिए । चलचित्रको निर्देशन अमित रवीन्द्रनाथ शर्माले गरिरहेका छन् । यस फिल्ममा अजय देवगनबाहेक प्रियामणि, गजराव राव र बोमन इरानी मुख्य भूमिकामा छन् । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार