श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

राष्ट्रपतिलाई अनावश्यक गाली गर्नु महिलामाथीको चरित्र हत्या : सांसद विमला राई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: राष्ट्रियसभा सांसद विमला राई पौड्यालले केही दिनअघि काठमाडौंमा नेकपाको प्रचण्ड– माधव समूहले गरेको विरोध कार्यक्रममा राष्ट्रपतिविरुद्ध नाराबाजीले राजनीतिक दलले गरेको आन्दोलनमा राष्ट्रपतिको यौनिकतालाई विषय उठाइएको भन्दै आपत्ति जनाएकी छन् ।

आन्दोलनको त्यसबेला क्रममा राष्ट्रपतिको यौनिकतामाथि हमला भएको भन्दै उनले भनिन्, ‘त्यहाँ जुन किसिमको नाराहरु लागे । यदि पुरुष राष्ट्रपति भएको भए र त्यही काम गरेको भए यस्तो नारा लाग्दैनथ्यो ।’

३/३ जना नेपालको पूर्वप्रधानमन्त्री भईसकेको सहभागी कार्यक्रममा राष्ट्रपतिको यौनिकताको विषयमा नाराबाजी हुनु लज्जास्पद र आपत्तिजनक भन्दै उनले माफी माग्न आग्रह गरिन् । ‘यदि त्यस्तो नारा लगाउने मान्छे राजनीतिक मान्छे हो भने सार्वजनिक रुपमा माफी माग्ने कि नमाग्ने ?’ उनले प्रश्न गरिन् ।

लोकतान्त्रिक आन्दोलनमा पुरुष बराबरै महिलाको पनि सहभागिता रहेको  र अहिलेको परिवर्तनमा महिलाको भुमिकालाइ भुल्न नहुने भन्दै सांसद पौड्यालले राजनीतिमा विरोध र समर्थन गर्न पाइने भए पनि राजनीतिक संस्कार चाहिने बताइन् । ‘राम्रो काम, नराम्रो कामको विरोध गर्न पाइन्छ, (संसद विघटनलाई ) कसैले राम्रो भनेका छन्, कसैले नराम्रा भनेका छन’ उनले भनिन् ‘यो विषय सर्वोच्च अदालत र निर्वाचन आयोगमा कुरा पुगेको छ, त्यहाँ छलफल होला । तर किन महिलाको यौनिकतासँग जोडेर कुरा गरिन्छ ?’

अहिले राजनीतिक दलका नेताहरुले गर्ने भाषण परिवार तथा छोराछोरीसँग बसेर हेर्न लाज हुने पौड्यालले बताइन् । राष्ट्रपतिको यौनिकताको विषयमा नाराबाजी गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएको र भेला आयोजना गर्नेविरुद्ध पनि मुद्धा हाल्ने तयारी भएको उनले बताइन् ।

सांसद पौड्यालले उपप्रधानमन्त्री भइसकेको व्यक्तिले प्रधानमन्त्रीमा महिलाको अंग परेको छ भनेर भाषण गर्नु लस्जासपद भएको पनि टिप्पणी गरिन् । नेकपा नेता भीम रावललाई लक्षित गर्दै पौड्यालले उक्त आरोप लगाएकी थिइन् । तर रावलले प्रधानमन्त्रीमाथि त्यस्तो टिप्पणी नगरेको स्पष्ट बताइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार
जेन–जी आन्दोलनका घाइते तथा सहिद परिवारसँगको सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन
२०८३ श्रावण २९, शुक्रबार
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार