असोज १२, २०८३ सोमबार September 28, 2026

टोखामा दुई दम्पति मृत फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: टोखास्थित ग्रिन भिल्ला कोलोनीमा एक दम्पती शंकास्पद रुपमा मृत फेला परेका छन् ।

शंकास्पद रुपमा शुक्रवार पौने ९ बजे दम्पती मृत अवस्थामा फेला परेपछि अहिले प्रहरीको ध्यान घटनाप्रति पुगेको छ ।

ग्रिन भिलामा बस्ने ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले बताएका छन ।

कोठाभित्र मृत अवस्थामा पल्टिरहेको अवस्थामा उमेशको शव प्रहरीले बरामद गरेको छ । पत्नी सुदिक्षाचाहिँ झुण्डिएको अवस्थामा फेला परेकी छिन् । उमेश र सुदिक्षा इन्जिनिर भएको बताइएको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

घटनास्थलमा रगत लागेका अवस्थामा सिलौटो फेला परेको छ । सुदिक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेर आफु झुण्डिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेपनि थप विवरण आउन बाकीँ रहेको छ ।

उमेशको परिवार अमेरिका बस्दै आएका छन् । उमेश केही समयअघि अमेरिकाबाट काठमाडौं फर्केका हुन् । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको र घटनाबारे विस्तृत अनुसन्धान भईरहेको र चाँडैनै घटनाको सत्य तथ्य वाहीर आउने प्रहरीले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार