माघ २८, २०८१ सोमबार February 10, 2025

भिषण आगलागी पश्चात क्यालिफोर्नियामा संकटकालको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ । अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ ।

राज्य सरकारको तर्फबाट आइतबार क्यालिफोर्नियाका गभर्नरले सङ्कटकालको घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरूले जनाएका छन् ।

जङ्गलमा केही समयदेखि लागिरहेको आगो नियन्त्रणमा नआएको र शक्तिशाली हावाहुरी चलिरहेको तथा बिजुलीका संरचनाहरु जलाउन सक्ने, अन्धकार हुनसक्ने लगायतका कारणले सङ्कटकाल घोषणा गरिएको उनीहरुले बताएका छन् ।

सन्फ्रान्सिस्को क्षेत्रमा लागेको ‘किनकेड फायर’ नाम दिइएको यस आगलागीका कारण १२ हजार हेक्टर क्षेत्रफल प्रभावित भएको छ । नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलँदै वस्तीसम्म आउन सक्ने खतरा देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका वासिन्दालाई अन्यत्र सारिएको हो ।

आगलागीका कारण अहिलेसम्म ५० हजारभन्दा बढी विस्थापित भएका छन् भने सयौं संरचनाहरुमा क्षति पुर्‍याएको अधिकारीहरुले जनाएका छन् । ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्का उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने भएकाले विद्युत सेवा पनि बन्द गर्न लागिएको छ ।

नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि उत्तरी क्यालिफोर्नियामा बुधबार सुरु भएको डढेलो फैलन थालेको थियो । आगो निभाउन एक हजारभन्दा बढी अग्निनियन्त्रक र विमान समेत परिचालन गरिएको अधिकारीले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार
२०८१ माघ २८, सोमबार
खुवा बिक्री गरेर मासिक एक लाख आम्दानी
२०८१ माघ २८, सोमबार
मानव बेचबिखन नियन्त्रण विशेष नीति अवलम्बन गर्नुपर्छः मुख्यमन्त्री आचार्य
२०८१ माघ २८, सोमबार
सुन तोलाको एक लाख ६९ हजार ६ सय पुग्यो
२०८१ माघ २८, सोमबार
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
२०८१ माघ २८, सोमबार
संसद्को दुबै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८१ माघ २८, सोमबार
अन्तरजातीय जोडीमाथि राज्यको ज्यादती प्रकरण : गृहमन्त्री लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको माग
२०८१ माघ २८, सोमबार