जेठ २३, २०८३ शनिबार June 6, 2026

भिषण आगलागी पश्चात क्यालिफोर्नियामा संकटकालको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ । अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ ।

राज्य सरकारको तर्फबाट आइतबार क्यालिफोर्नियाका गभर्नरले सङ्कटकालको घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरूले जनाएका छन् ।

जङ्गलमा केही समयदेखि लागिरहेको आगो नियन्त्रणमा नआएको र शक्तिशाली हावाहुरी चलिरहेको तथा बिजुलीका संरचनाहरु जलाउन सक्ने, अन्धकार हुनसक्ने लगायतका कारणले सङ्कटकाल घोषणा गरिएको उनीहरुले बताएका छन् ।

सन्फ्रान्सिस्को क्षेत्रमा लागेको ‘किनकेड फायर’ नाम दिइएको यस आगलागीका कारण १२ हजार हेक्टर क्षेत्रफल प्रभावित भएको छ । नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलँदै वस्तीसम्म आउन सक्ने खतरा देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका वासिन्दालाई अन्यत्र सारिएको हो ।

आगलागीका कारण अहिलेसम्म ५० हजारभन्दा बढी विस्थापित भएका छन् भने सयौं संरचनाहरुमा क्षति पुर्‍याएको अधिकारीहरुले जनाएका छन् । ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्का उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने भएकाले विद्युत सेवा पनि बन्द गर्न लागिएको छ ।

नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि उत्तरी क्यालिफोर्नियामा बुधबार सुरु भएको डढेलो फैलन थालेको थियो । आगो निभाउन एक हजारभन्दा बढी अग्निनियन्त्रक र विमान समेत परिचालन गरिएको अधिकारीले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार