असार २३, २०८२ सोमबार July 7, 2025

राजकिशोरले कार्यक्रम बहिस्कार गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टीमा मर्यादाको विषयमा विवाद चर्किएको छ। विवाद बढ्दै गएपछि जसपाका नेता राजकिशोर यादवले पार्टीले खटाएको कार्यक्रम नै बहिस्कार गरेका छन्। पार्टीले उनलाई शनिबार सिराहको कार्यक्रममा खटाएको थियो तर उनी सिराहा नगई काठमाडौंमै बसेका छन्। कार्यक्रमको अघिल्लो दिन राजकिशोरनिकट एक कार्यकर्ताले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फोन गरी आफूहरूले शनिबारको कार्यक्रम बहिस्कार गर्ने बताएका थिए।

पार्टी अध्यक्ष यादवले सिराहाको कार्यक्रममा रेणु यादवलाई प्रमुख अतिथि बनाएका थिए। दोस्रो स्थानमा प्रकाश अधिकारी, तेस्रोमा विजय यादव र चौथो स्थानमा मात्र राजकिशोरलाई राखेका थिए। यसबाट पार्टी अध्यक्षसँग राजकिशोर रुष्ट बनेका छन्। आफूलाई पहिलो मर्यादामा राख्नुपर्ने अडानमा राजकिशोर थिए। उनको अडानलाई पार्टीका शीर्ष नेताहरूले लत्याएपछि उनले कार्यक्रम नै बहिस्कार गरेका हुन्।

सिराहाको कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा रेणु यादवले सम्बोधन गरेकी थिइन। राजकिशोर सिराहाको कार्यक्रममा सहभागी नभएको उनले प्रष्ट पारिन्। कार्यक्रममा आउन नसकेको बारेमा आफू जानकार नभएको पनि उनले बताइन्। तर यस विषयमा सम्पर्क खोज्दा राजकिशोर सम्पर्कमा आएनन्। स्रोतका अनुसार उनीनिकट पार्टीका कार्यकर्ता पनि जसपाको कार्यक्रममा उपस्थित भएनन्।

पार्टीले प्रदेश तथा जिल्ला समितिलाई जारी गरेको आन्तरिक सर्कुलरमा राजकिशोरलाई चौथो मर्यादामा राखिएको हो। राजकिशोरलाई चौथो मर्यादामा राखिएकोमा राजकिशोर निकट राजाराम यादव र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको चर्काचर्कीको अडियो रेकर्ड अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

उक्त रेकर्डमा राजारामले मयार्दाको ख्याल नगरिएको गुनासो पोखेका छन्। सिराहामा हुने सभालाई आफूहरूले बहिस्कार गर्ने चेतावनी दिएका छन्। त्यसको जवाफमा अध्यक्ष यादवले ‘जसपाको कार्यक्रममा नगई ओलीको कार्यक्रममा जान्छन् भन्दै व्यंग्य गरेका छन्। राजकिशोर कार्यक्रममा नगए त्यसले नराम्रो सन्देश जाने उपेन्द्रले भनेको रेकर्डमा सुन्न सकिन्छ। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार