वैशाख २४, २०८१ सोमबार May 6, 2024

यसरी बनाउनुस् आफ्नो कपाललाई आकर्षक, टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कपालले मान्छेको शौन्दर्यतामा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । राम्रो  र चिल्लो कपालले उसको व्यक्तित्व विकास बृद्धि गर्न मदत गर्छ । व्यक्तितव विकासमा कपालको महत्वपूर्ण भुमिका हुन्छ भने कसरी बनाउने त कपाललाई राम्रो ?

कपाल राम्रो बनाउन यि तरिका अपनाउनुस् । 

– हप्ताको कम्तीमा एकपटक हेयर आयल मसाज गर्नुपर्छ । मसाज ओलिभ आयल तथा तोरीको तेलले गर्दा राम्रो हुन्छ । यस्तो तेलले बेलुका सुत्ने वेलामा मसाज गरेर बिहान नुहाउँदा राम्रो हुन्छ । कपाललाई सुहाउँदो स्याम्पु तथा कन्डिसनर सधैँ एउटै ब्रान्डको मात्रै प्रयोग गर्नुपर्छ ।

– यसले कपालको ‘ ब्यालेन्स’ कायम राख्न सहयोग पुग्छ । कपाल नुहाउँदा स्याम्पुसँगै सधैँ कन्डिसनरको पनि प्रयोग गर्नुपर्छ । यसले कपाल नरम, सिल्की तथा चम्किलो बनाउँछ । कपाललाई सधैँ सूर्यको किरण, धुलो तथा धुवा“बाट बचाउनुपर्छ । त्यसका लागि टोपी, सल प्रयोग गर्न सकिन्छ ।

– हट हेयर ड्रायरको प्रयोगलाई पूर्णतः बन्देज गर्नुपर्छ । भिजेको कपाल टावेलले निचोरेर खुला हावामा सुकाउँदा राम्रो हुन्छ । तातो पानीले आफ्नो कपाल पखाल्नु तथा नुहाउनु हुँदैन । यसले कपाल कमजोर बनाउने तथा झर्ने समस्या हुन सक्छ । सम्भव भएसम्म सुत्ने वेलामा नरम कभर भएको सिरानी प्रयोग गर्नुपर्छ । सकेसम्म कपाललाई कसिलो गरी बाँध्नु हुँदैन । यसले पनि कपाल कमजोर बनाउन सक्छ ।

– सम्भव भएसम्म हेयर जेल, हेयर स्प्रे प्रयोग गर्नुहुँदैन । यदि यस्ता सामग्री प्रयोग गर्नुपरेमा पनि १२ घन्टाभित्र कपाल पखालिहाल्नुपर्छ । स्वस्थ र बलियो कपाल बनाउन सन्तुलित आहारले पनि महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले आफ्नो आहारमा प्रोटिन, भिटामिन ए, बी, सी, डी, ई, आइरन, आयोडिनयुक्त परिकार खानुपर्छ । त्यसका लागि माछा, मासु, दूध, दही, अन्डा, चिज, सनफ्लावर सिड, बटर, गाँजर, गोलभेडा, माछा, हरियो सागपात, भटमास, ओखरलगायतका खानेकुरा सेवन गर्दा राम्रो हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार