भाद्र २७, २०८३ शनिबार September 12, 2026

ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि भारत प्रस्थान

राजनीतिक ब्युरो सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यी पनि सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ, २७ भदौ : चिनियाँ राष्ट्रपति सि जिनपिङ अठारौँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार बेइजिङबाट भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सि सम्मेलनमा सहभागी हुन भारततर्फ प्रस्थान गर्नुभएको हो ।

सिको प्रतिनिधिमण्डलमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा केन्द्रीय समितिको सामान्य कार्यालयका निर्देशक काई छी र राजनीतिक ब्युरो सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यी पनि सहभागी छन् ।

अठारौँ ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूबीच आर्थिक सहकार्य, विश्वव्यापी शासन, विकास तथा अन्तर्राष्ट्रिय मुद्दाहरूबारे छलफल हुने अपेक्षा गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया