असोज १२, २०८३ सोमबार September 28, 2026

सात फरार अभियुक्त पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ । फरार अभियक्त पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक धु्रवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ गरिएका अभियुक्तलाई सम्बन्धित जिल्ला अदालतमा बुझाइएको छ । त्यस्तै, वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत एकतानगर टोलस्थित भीमलाल भट्टराईको घरमा कोठा भाडामा आएका दुई युवालाई ३६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको सहप्रवक्ता श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार लागुऔषध बेचबिखन कारोवार गरिरहेको भन्ने सूचना पाउने वित्तिकै प्रदेश ब्यूरोको प्रहरी नायब निरीक्षक नारायण शर्माको टोलीले कारोवारस्थलमै पक्राउ गरेको थियो । परालमुनि प्लास्टिकको पुरियामा लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध ब्राउन सुगरसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

“पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ बाँके जिल्लामा बस्ने २८ वर्षीय सब्बिर खाँन छन्,”उहाँले भन्नुभयो, “उनीहरुबाट सेतो रङको १७ वटा नाइट्रोभेट जस्तो देखिने ट्याब्लेट र रु १७ हजार ८५० नगदसहित बरामद गरिएको छ ।” पक्राउ परेका दुबैको आवश्यक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार